Comments Add Comment

गुल्मीको रेसुङ्गा नगरपालिकामा २० वर्ष अघिकै प्रतिस्पर्धी

७ असार, गुल्मी । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको चुनावमा गुल्मीको रेसंङ्गा नगरपालिकाको मेयर पदमा २० वर्ष अघिकै प्रतिस्पर्धी पुनः प्रतिस्पर्धामा उत्रिएका छन् ।

वि.स.२०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भुवनप्रसाद श्रेष्ठ र एमालेबाट उम्मेदवार बनेका डिल्लिराज भुसाल अहिले पनि प्रतिस्पर्धी बनेका हुन् ।

त्यतिवेला तम्घास गाविस अध्यक्षका उम्मेदवार बनेका उनीहरूमध्ये कांग्रेसका श्रेष्ठ निर्वाचि भएका थिए । पूर्व गाविस अध्यक्षका प्रतिस्पर्धी उनीहरुवीच यसपटक नगरमा पनि कडा प्रतिस्पर्धा हुँने देखिएको छ ।

साबिकको तम्घास गाविससहित सिमीचौर, दुबिचौर, अर्खले, पराल्मी र नयाँगाउँका केही वडा समेटेर १४ वडा रहेको नगरमा यसपटक विशेष रुपमा पनि हेरिएको छ ।

जिल्लाको सदरमुकाम रहेको नगरमा कांग्रेसका जिल्ला सभापति श्रेष्ठ र एमालेका सचिवालय सदस्य भुसालवीच हुँने निर्वाचन जिल्लाबासीकै लागि चाखलाग्दो विषय बन्ने देखिएको छ ।

कांग्रसले जित्दै आएको नगरलाई यथावत राखि जित्ने दाउमा छ भने एमालेले यसपटक आफ्नो पोल्टामा ल्याउने दाउमा राखेको छ ।
यो गत संबिधानसभामा कांग्रेस उम्मेदवार निर्वाचित क्षेत्र हो ।

कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठ २०४९ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा अध्यक्षमा एमालेबाट बालसिंह काउछा र उपाध्यक्षमा भुसाल उम्मेदवार थिए ।

यस्ता छन् प्रतिबद्धताहरु 

नगरमा निर्वाचन आफ्नो पक्षमा ल्याउन श्रेष्ठ र भुसालले बिभिन्न रचनात्म एजेण्डाहरु अगाडि सारेका छन् ।

श्रेष्ठले रेसुंगा क्षेत्रमा रिङ्गरोड, घरघरमा पानी, सडक र बिजुली पुर्‍याउने भन्दै भोट मागिरहेका छन् । तम्घास-खाम्सेपानी-नयाँगाउँ सडक, तम्घास-नेटा सडक कालोपत्रेसहित नमूना नगर बनाउने प्रतिबद्धता उनको छ ।

भुसालले राज्यबाट प्राप्त सरकारी सुविधा नलिने बताएका छन् । उनले पनि रेसुगां क्षेत्रको विकास, रेसुंगा विमानस्थललाई समयमै सम्पन्न गरी सेवा बिस्तार गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निःशुल्क खानेपापानी वितरणलाई आफ्ना प्रमुख चुनावी एजेण्डा बनाएका छन् ।

बृद्धभत्ता बढाउनुका साथै घरमै पुर्‍याउने, भूमिहीनलाई लालपूर्जा दिने, घरघरमा सडक संजाल पुराएर कालोपत्रे गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment