Comments Add Comment

ठगीको आरोपमा आइस हक्की संघका अध्यक्ष शाही पक्राउ

८ असार, काठमाडौं । १ करोड भन्दा बढी ठगीको आरोपमा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही पक्राउ परेका छन् ।

उनी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव पनि हुन् ।

महानगरी प्रहरी अपराध महाशाखाको टोलीले शाहीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

शाहीले स्पोट्र्स फर अल नेपाल नाममा क्यानडा लैजान्छु भन्दै पैसा उठाएका थिए । प्रतिब्यक्ति ५ देखि ७ लाखसम्म लिएको उजुरीकर्ताहरुले प्रहरीसामू बताएका छन् ।

शाहीविरुद्ध महाशाखामा २५ जनाको उजुरी गरेको र १ करोड बढी ठगी भएको देखिएको प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment