Comments Add Comment

साउदी अरबमा लिःल फङ घले समाज गठन

२७ जुन, साउदी । ‘घले पहिचानको लागि हाम्रो अभियान’ भन्ने मुल नारा लिएर साउदी अरबको राजधानी रियाद शहरमा घलेहरुको दोस्रो भेलाले लिःल फङ घले समाज गठन गरेको छ ।

तदर्थ समिति संयोजक बलबहादर घलेको अध्यक्षतामा १७ जनाको लिःल फङ घले समाजको केन्द्रीय समिति अन्तरराष्ट्रिय घले समाजको सदस्य ओम घलेको बिशेष उपस्थिति र पहलमा बिधिवत रुपमा गठन गरिएको हो ।

साउदी अरबको राजधानी रियाद, अल खालिज स्थित सेडर भिलेज कम्पाउन्डको सभाहलमा समिति गठन कार्यक्रम सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष बलबहादुर घलेलाई बिशेष उपस्थिति रहेका अन्तरराष्ट्रिय घले समाजका सदस्य ओम घलेले सपथ खुवाएका थिए

अन्य नव निर्वाचित कार्यसमितिलाई नवनिर्वाचित अध्यक्ष बलबहादुर घलेले शपथ खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment