Comments Add Comment

नेकपाका नेता अनिल शर्मा बिरही पक्राउ

२७ असार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा बिरहीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विहान साढे छ बजे बागबजारबाट शर्मासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शर्मा नेकपाका पोलिटब्युरो सदस्य हुन् । उनलाई नेकपाको मुखपत्र रातोखबर साप्ताहिक प्रकाशनको जिम्मा दिइएको छ ।

बागबजारस्थित पत्रिकाको कार्यालयबाट प्रहरीले शर्मासहित केन्द्रीय सदस्य मकर गुरुङ, गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, मञ्चका केन्द्रीय सदस्य हरि श्रेष्ठ, पत्रिकाको प्रतिनिधिद्वय झनक श्रेष्ठ र भिमबहादुर खड्कालाई पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले स्थानीय चुनावमा आफ्ना नेता कार्यकर्ताहरुमाथि सरकारले दमन गरेको भन्दै आज एकदिन बन्द आह्वान गरेकाले प्रहरीले निगरानी बढाएको छ । विप्लवको बन्दको काठमाडौं उपत्यकामा कुनै प्रभाव परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment