Comments Add Comment

यस्ता व्यक्ति, जो दिनहुँ हवाइजहाज चढेर अफिस जान्छन्


तपाईंले धेरै मानिसहरु लाखौँ, करोडौँको कार चढेर अफिस जाने गरेको त देख्नुभएको होला । तर यो दुनियामा यस्ता मानिस पनि छन् जो दिनहुँ हवाइजहाज चढेर अफिस जान्छन् ।

दैनिक रुपमा हवाइजहाज चढेर अफिस जाने मानिसको नाम हो, कर्ट वोन । पेशाले मेकानिकल इन्जिनियर रहेका वोन एउटा प्रविधि कम्पनीका संस्थापक पनि हुन् ।

अमेरिकाको सन फ्रान्सिस्कोमा छ उनको कार्यालय । उनी लस एन्जल्समा बस्दछन् । उनलाई दिनहुँ अफिस आउजाउ गर्नका लागि ६ घण्टाको समय लाग्दछ । अफिस आउजाउ गर्नकै लागि उनले हवाई टिकटको भाडास्वरुप महिनामै झण्डै एक लाख खर्च गर्दछन् । उनले सिंगल इन्जिन टर्बोप्रोप एयरप्लेनमा अफिस आउने जाने गर्दछन् ।

जहाज चढ्नका लागि उनी घरबाट विमानस्थलसम्म गाडीमै जान्छन् । उनी हप्तामा पाँच दिन अफिस जान्छन् । बिहान साढे ५ बजे उठ्छन् र साढे ८ मा अफिस पुग्दछन् । बेलुकी साढे पाँच बजे उनले बल्ल अफिसको काम सकाउँछन् अनि रातको ९ बजे घर पुग्दछन् ।

हरेक दिन अफिस जानका लागि प्लेन चढ्ने क्रममा उनले केवल सामान्य सुरक्षा जाँचबाट गुज्रिनुपर्दछ । उनलाई पार्किंगबाट सिधै हवाइजहाजसम्म जाने इजाजत दिइएको छ । जहाजमा पनि उनले आफ्नो काम गर्दछन् ।

आफु दिनहुँ लस एन्जल्सबाट हवाइजहाजमा चढेर सन फ्रान्सिस्कोको अफिसमा पुग्ने कुरा गर्दा सबै मानिस छक्क पर्ने गरेको उनी बताउँछिन् । हरेक दिन ६ घण्टाको यात्रा चाहीँ मानिसलाई आवश्यक हुने उनको ठम्याई छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment