Comments Add Comment

श्रीमान मारेको अभियोगमा श्रीमती पक्राउ

४ साउन, म्याग्दी । श्रीमानलाई कोदालो प्रहार गरी मारेको अभियोगमा म्याग्दी प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । मालिका गाउँपालिका-२ धुलाबाङ बस्ने २५ वर्षीया रञ्जना जिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिसीले मंगलबार राति ३४ वर्षीय श्रीमान शिव जिसीलाई हत्या गरेको अभियोग लागेको छ । रञ्जनाले शिवको टाउकोमा कोदालो प्रहार गरेको र शिवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्दुकको गोलीसहित २ पक्राउ

यसैबीच पर्साको पर्सागढी गाउँपालिका-१ बाट बन्दुकको गोलीसहित जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय रामकिशुन चौधरी र ५५ वर्षीया क्षेत्री चौधरीलाई प्रहरीले बाह्रबोर बन्दुकमा लाग्ने ५० राउण्ड गोली सहित पक्राउ गरेको हो ।

सोही ठाउँस्थित मनवा रंगपुरटाँडी बीच बाटोमा प्रहरीले मंगलबार उनीहरु सवार ना ४५ प ९१९६ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त गोली बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment