Comments Add Comment

चूडामणिविरुद्धको भ्रष्टाचार मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

४ साउन, काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचारको मुद्दा अघि नबढाउन अन्तरिम आदेश दिएको छ । साथै मुद्दालाई पूर्ण इजलासमा पठाएको छ ।

शर्मा पक्राउ परेपछि उनकी पत्नी कल्पना उप्रेती शर्माले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । सर्वोच्चले उनलाई अदालतमा हाजिर गराउन आदेश दिएलगत्तै अख्तियारले विशेष अदालतमा १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा दायर गर्‍यो ।

तर, बुधबार न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले पूर्ण इजलासबाट मुद्दाको टुंगो नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको छ ।

सर्वोच्चका प्रवक्ता महेद्रनाथ उपाध्यायले भने, ‘आदेशको पूर्ण पाठ आएको छैन भने पूर्ण इजलासबाट अर्को आदेश नहुँदासम्म विशेषमा रहेको मुद्दा यथास्थितिमा राख्नु भनिएको छ ।’

इजलासले कर फर्छ्यौट आयोग न्यायिक, अर्धन्यायिक वा प्रशासनिक कुन निकाय हो भन्नेमा गम्भीर कानुनी प्रश्न उठेको भन्दै पूर्ण इजलासबाटै निरोपण गनुपर्ने देखिएको ठहर गरेको छ ।

कल्पनाले आफ्नो श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै थुनामुक्त गर्न माग गरेकी थिइन् । साथै भ्रष्टाचार मुद्दा चलाउन नपाइने उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment