Comments Add Comment

छायांकनका क्रममा कंगना घाइते, निधारमा १५ टाँका लगाइयो


बलिउडकी सफल नायिका कंगना रनावत एक चलचित्रको छायांकनका क्रममा घाइते भएकी छिन् । चलचित्र ‘मणिकर्णिका -द क्विन अफ झाँसी’को छायांकनका क्रममा कंगना घाइते भएकी हुन् ।

चलचित्रको छायांकन हैदरावादमा भैरहेको थियो । चलचित्रमा तरबारबाजीको दृश्य छायांकन भैरहेको थियो । सो, समयमा कंगनाको निधारमा तरबार लाग्यो र उनी घाइते भइन् ।

कंगनालाई तत्काल अपोलो अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ । उनको निधारमा १५ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् ।

कंगनाले एक्सन दृश्यको छायांकनका क्रममा बडी डबल गर्न मानेकी थिइनन् । डाक्टरका अनुसार कंगनाको निधारमा घाउको चोट लामो समयसम्म देखिनेछ । उनलाई एक साता अस्पतालमा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment