Comments Add Comment

बझाङमा स्यालको बिगबिगी, आक्रमणबाट वडा सदस्यसहित २५ घाइते

फाइल तस्वीर

८ साउन,बझाङ । स्यालको आक्रमणबाट बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका वडा अध्यक्षसहित २५ जना घाइते भएका छन् ।

बझाङको जयपृथ्वी नगरपालिका –४ गोलाई र ३ पडेसका गरी २५ जना घाइते भएका हुन् । स्यालको टोकाइबाट जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीसहित शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सुर्य थापालगायत १५ जना घाइते भएकोे स्थानीय नरेन्द्र खातीले बताए ।

जयपृथ्वी नगरपालीका ३ पडेसमा पनि स्यालकै आक्रमणबाट झन्डै ६ जना घाइते भएका छन् । स्यालको टोकाइबाट जयपृथ्वी नगरपालिका–३ का सुशील खाती घाइते भएका छन् ।

सदरमुकाम चैनपुरबाट घर जाने क्रममा स्यालले आफूसंगै रहेका अन्य ४ जनालाई आक्रमण गरी सामान्य घाइते बनाएको खातीले बताए ।

जयपृथ्वी नगरपालिका ३ पडेसमा रहेको आर्मी ब्यारेकमा डिउटीमा रहेका आर्मीलाई समेत स्यालले आक्रमण गरी घाइते बनाएको छ । स्यालको आक्रमणबाट अहिलेसम्म २५ जना बढी घाइते भएका छन् । शनिबार साँझ मात्रै स्यालको आक्रमणबाट गोलाइका ८ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment