Comments Add Comment

सुध्रिएन जापानमा बन्ने म्युजिक भिडियोको ‘क्वालिटी’

२५ जुलाई, टोकियो । पछिल्लो समय जापानको लोभलाग्दो दृश्यहरु नेपाली म्युजिक भिडियोमा धेरै देख्न पाइन्छ । आधुनिक, चलचित्र तथा लोक गीतका म्युजिक भिडियोमा जापानका मनमोहक दृश्यहरुले स्थान पाउन थालेका छन् ।

जापानको व्यस्त दैनिकीलाई किनारा लगाउँदै पछिल्लो समय नेपाली युवाहरु यहाँका प्राकृतिक सौन्दर्यसँग मितेरी गाँस्दै एक्सन कटमा रम्ने गरेका छन् । तर धेरैजसो रहर मेटाउनकै लागि यस क्षेत्रमाप्रवेश गरेपनि केहि भने रंगमञ्चमै आफ्नो भविष्यखोज्दै संर्घष गरिरहेका छन् ।

तर जापानमा छायांकन भएकाम्युजिक भिडियोहरु खर्चिलो भएपनि भडियोको गुणस्तरमा प्रश्न उठ्न थालेको छ ।

नेपालमा बनेका भिडियोको तुलनामा यहाँ बन्ने भिडियोको गुणस्तर निकै कमजोर हुने दर्शकहरुको गुनासो छ ।

जापानको नेपाली रंगमञ्चमा चिनिएका युवा निर्देशक रोशन कार्की पनि नेपालमा बनेका म्युजिक भिडियोको तुलनामा आफूहरुले बनाएको भिडियो केही कमजोर रहेको स्वीकार्छन् ।

कार्की भन्छन्,’म्यानपावर सीमित हुँदा सुटिङमा भनेजस्तो उपकरणहरु प्रयोग गर्न सकिन्न, तर पनि हामीले हरेक भिडियोलाई उत्कृष्ट बनाउन धेरै कसरत गरेका हुन्छौं ।’

हालै मात्र ‘विदेशै रंगियो सारीले’ शीर्षकको तीजगीतको भिडियो निर्देशन गरेका कार्कीले हालसम्म बीसभन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरिसकेका छन् । लगानीकर्ताले म्युजिक भिडियोमा तीन लाखसम्म लगानी हाल्ने गरेको निर्देशक कार्कीले बताए ।

म्युजिक भिडियोमा लगानीकर्ता बढ्नु राम्रो भएपनि यस क्षेत्रलाई रहरकै लागि प्रयोग गर्न नहुने कार्कीको मान्यता छ ।

कार्कीले निर्देशन गरेको भिडियो हेर्नुस्

जापानमै बनेको अर्को म्युजिक भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment