Comments Add Comment

स्थानीय तहको अधिकार कटौती गरिएकोमा बिजुक्छेको आपत्ती

११ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले सरकारले स्थानीय तहको अधिकार कटौती गर्दै लगेको आरोप लगाएको छ ।

पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारका मन्त्रीहरु सिंहदरबारको अधिकार कटौती गर्न लागिपरेको भन्दै आपत्ति जनाए । बुधबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कार्यविधिको नाममा सरकारले स्थानीय तहलाई आफू नियन्त्रित बनाउँदै लगेकोमा आक्रोश व्यक्त गरे ।

अध्यक्ष विजुक्छेले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको भनेर प्रचार गरेपनि सोही अनुसारको ऐन, कानुन निर्माण गर्न भने सरकार प्रतिवद्ध नरहेकोे आरोप पनि लगाए ।

अध्यक्ष विजुक्छेले सरकार सांसद किनबेच गरेर भएपनि संविधान संशोधन प्रस्ताव पारित गराउन लागेको दावीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment