Comments Add Comment

पूर्वका ३ जिल्लामा दुर्लभ वन्यजन्तु र वनस्पति सम्बन्धी पढाइ हुने


१३ साउन, ताप्लेजुङ । पूर्वका तीन जिल्लामा दुर्लभ वन्यजन्तु र वनस्पति सम्बन्धी विद्यालयस्तरमा अध्यापन हुने भएको छ ।
ताप्लेजुङ, पाँचथर र इलाममा कक्षा ६ र ७ मा दुर्लभ वन्यजन्तु, रेडपाण्डा र विभिन्न वनस्पतिका विषयमा पनि अध्यापन गराइने भएको हो ।

रेडपाण्डा नेटवर्कको पहलमा वातावरण संरक्षणका लागि भन्दै विद्यालयलय तहमा अध्ययन हुने पाठ्यपुस्तकमा दुलर्भ वन्यजन्तु र वनस्पति सम्बन्धी विषयबस्तु राखिएको छ ।

रेडपाण्डा नेटवर्कका संरक्षण संयोजक पेमा शेर्पाले यो शैक्षिक वर्षमा ताप्लेजुङ, पाँचथर र इलामका तीनवटा बिद्यालयमा वातावरण संरक्षण शिक्षाको स्थानीय पाठ्य सामग्री पढाइने बताइन ।

चालु शैक्षिक वर्षमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर १० फुरुम्बुको मयाम माध्यमिक बिद्यालय,पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ छिरुवाको आधारभूत मावि र इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ५ को राष्ट्रिय आधारभूत विद्यालयमा यी विषयवस्तुको अध्ययन हुने छन ।

‘पहिलो वर्ष कक्षा ६ का लागि मात्र पढाउने व्यवस्था गरिने छ’ रेडपाण्डा नेवर्टकका संरक्षण संयोजक शेर्पाले भनिन्-‘अर्को वर्षबाट कक्षा ६ र ७ मा एकै पटक पाठ्य सामग्रीलाई प्रयोगमा ल्याइने छ ।

कक्षा ६ को पुस्तकको पहिलो खण्डमा संरक्षण, संरक्षित क्षेत्र र संरक्षणका स्थानीय साझेदारहरु,दोस्रो खण्डमा हाब्रे र यसको पेरीफेरिका विषय,तेस्रो खण्डमा मानव र वन्यजन्तुवीचको द्वन्द र न्यूनीकरणका अभ्यासहरु, चौथो खण्डमा सिमसार र यसका विशेषता तथा पाँचौं तथा अन्तिम खण्डमा संस्कृति र पर्यटनका बिषयमा समेटिएका छन् ।

यस्तै कक्षा ७ को पाठ्य पुस्तकमा को खण्ड क मा पूर्वी हिमालय, खण्ड ख मा जैविक बिबिधता, खण्ड ‘ग’ मा संरक्षण सम्बन्धी ऐन कानूनहरु, खण्ड घ मा प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनकाका अभ्यासहरु र खण्ड ‘ङ’ मा जलवायु परिर्वतनका विषय उल्लेख भएका छन् । रेडपाण्डा नेटवर्कमा संरक्षण संयोजक शेर्पाले पाठ्य सामग्री स्थानीय सापेक्षता र अध्यनमा आधारित भएको जानकारी दिइन् ।

विद्यालय तहबाटै जैविक बिबधताको संरक्षण, सम्र्बद्धन र सदुपयोगका बारेमा जानकारी गराउन तथा उच्च शिक्षा अध्ययनमा थप प्रभावकारी बनाउन पाठ्यपुस्तक तयार पारिएको रेडपाण्डा नेवटर्कले जनाएको छ ।

नेटवर्कका संरक्षण संयोजक शेेर्पाले पाठ्य सामग्री तयार तथा प्रयोगमा ल्याउनु पुर्व रेडपाण्डा नेटवर्कले तीन जिल्लाका जिल्ला शिक्षा कार्यालय तथा चालु वर्षबाट शैक्षिक सामाग्रीको प्रयोग हुन लागेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको समेत पूर्व स्वीकृती लिएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment