Comments Add Comment

पेरिसमा सैनिकको समूहलाई कारले ठक्कर दियो, ६ जना घाइते

२५ साउन, काठमाडौं । फ्रान्सको पेरिस शहरमा एउटा कारले सैनिकहरुको समूहलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । फ्रान्सेली प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

पेरिसको उत्तर पश्चिमी लेभालोइस पेर्रेट क्षेत्रमा भएको यस घटनापछि प्रहरीको ठूलो र आपतकालिन कारबाही सुरु भएको छ, जसले कार चालक र कारको खोजी गर्दैछ ।

स्थानीय मेयर प्याटि्रक बाल्कनीले भने कि ‘निःशन्देह यो जानाजान गरिएको आक्रमण थियो ।’

२०१५ को आतंकबादी हमलापछि फ्रान्समा संकटकालको घोषणा गरिएको छ, जुन अहिलेसम्म कायमै छ ।

पेरिसका हरेक क्षेत्रमा तैनाथ गरिएका सैनिकहरुमाथि आक्रमण सुरु भएको यस घटनाले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment