Comments Add Comment

सैफको बर्थ डे पार्टीमा साराको ग्ल्यामर, करिना फिक्का

बलिउड अभिनेता सैफ अली खानले हालै आफ्नो जन्मदिनमा विशेष पार्टी आयोजना गरे । पार्टीमा उनका आफन्त र नजिकका साथीहरु उपस्थित थिए ।

सैफकी बहिनी सोहा अली खानले इन्स्टाग्राममा पार्टीका तस्वीरहरु पोष्ट गरेकी छिन् । ती तस्वीरहरु हेर्दा सैफकी कान्छी श्रीमती करिना कपुरको सुन्दरता ह्रास हुँदै गएको भान हुन्छ । सैफकी जेठी श्रीमतीपट्टकिी छोरी सारा भने पार्टीको प्रमुख आकर्षण नै बनिन् । उनले आफ्नी कान्छीआमालाई पूर्णरुपमा ओझेलमा पारिदिइन् ।

कार्यक्रममा सैफकी बहिनी सोहा पनि धेरैको ध्यान खिच्न सफल बनिन् । सोहा अहिले गर्भवती छिन् । तलसम्म आउने गाउन लगाएकी उनले आफ्नो भूँडी देखाएर फोटो खिचाउन लाज मानिनन् । उनी हदै सुन्दरी देखिएकी थिइन् ।

सैफकी छोरी साराले भने सेतो टप र नीलो सर्ट्स लगाएकी थिइन् । सँधैजस्तो उनी निकै सेक्सी देखिएकी थिइन् । फिल्ममा डेब्यू नगर्दै मिडियाहरुमा छाउँदै आएकी सारा राम्री पनि उत्तिकै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment