Comments Add Comment

चरी जस्तै नाच्ने प्रियंकाको चाहना


नायिका प्रियंका कार्कीलाइ चरी जस्तै उड्न मन लागेको छ । ‘चरी जस्तै उड्न पाए’ बोलको गीतको म्यूजिक भिडियोमा उनी यो चाहना व्यक्त गरिरहेकी छिन् । मेलिना राइको आवाजमा समावेश यो गीतमा बसन्त सापकोटाको संगीत, मञ्जुला राजकर्णिकारको शब्द छ ।

नेपाली लोक शैलीमा यो गीत तयार पारिएको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो म्यूजिक भिडियोमा शिवराम श्रेष्ठको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ । गीतको भिडियोलाइ निर्देशकले आकर्षक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment