Comments Add Comment

क्वालिटी सपमा आगलागी, ५० लाखको क्षति

३ असोज, विराटनगर । मोरङको कटहरी गाउँपालिका ९ स्थित क्वालिटी सप प्रालिमा आज अपरान्ह आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ ।

अपरान्ह ३ वजे विद्युत सट भई आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उद्योगका सञ्चालक विपिन काव्राले उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको केमिकल जल्दा ५० लाख बराबरको क्षति भएको जानकारी दिए ।

उद्योगमा साबुन उत्पादनका लागि हाईट्रोजन पेसोअक्साइट केमिकल भण्डारण गरी राखिएको थियो ।

उद्योगमा लागेको आगो २ घण्टापछि विराटनगर महानगरपालिकाबाट गएका तीनवटा वरुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उद्योगले विशाल नामक सावुन उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment