Comments Add Comment

बारा र महोत्तरीमा कांग्रेस र एमालेले दुई वडाध्यक्ष जिते


३ असोज, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा एमालेका उम्मेदवारले जितेका छन् ।

मंगलवार अपरान्ह सम्पन्न मतगणनामा एमालेका इलियास देवान प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष र सदस्यहरुलाई एमालेका मेयर उम्मेदवार डा.कृष्ण पौडेलले खादा र माला लगाएर बधाई दिएपछि बिजय जुलुस निकालेका छन् । जितपुर सिमराको मेयर र उपमेयरमा पनि एमालेले अग्रता लिइरहेको छ ।

त्यसैगरी महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको वडा नम्बर १४ मा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment