+
+

माइक्रोसफ्टका प्रमुखले जागिर छाडे

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ९ गते १३:२१

माइक्रोसफ्ट कम्पनीका प्रमुख कार्यकारी स्टीभ बाल्मरले अप्रत्यासित रुपमा अवकाशको घोषणा गरेका छन् । विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनीको रुपमा रहेको माइक्रोसफ्टमा १३ वर्षदेखि नेतृत्वमा रहँदै आएका बाल्मरको अवकाशको घोषणासँगै कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ ।

1

५७ वर्षे बाल्मरले सन् २००० मा बिल गेट्सलाई प्रतिस्थापन गर्दै माइक्रोसफ्ट कम्पनीको प्रमुख कार्यकारी पद सम्हालेका थिए । माइक्रोसफ्टको शेयर मूल्यको अस्थीरताका कारण बाल्मरले आफ्नो कार्यकाल भरि नै वाल स्टि्रट र सिलिकन भ्यालीबाट नेतृत्वको क्षमता नभएको भन्ने आलोचना खेपिरहनुपरेको थियो ।

पर्सनल कम्प्युटरको क्षेत्रमा क्रान्ति ल्याउन सफल माइक्रोसफ्ट पछिल्ला दिनमा भने एप्पल तथा गुगलभन्दा पछाडि पर्नुका साथै मोबाइल कम्प्युटिङका कारण समेत छायामा पर्न थालेको महसुस गरिएको छ ।

बाल्मरले पदत्यागको घोषणा गरेसँगै अब माइक्रोसफ्टको प्रमुख को हुने ? भन्ने टुंगो लागेको छ । स्मरण रहोस् आफ्नो ३८ वर्षे जिवनमा कम्पनीमा केवल २ जना मात्र हाकिम फेरिएका छन् ।

बाल्मरले अघिल्लो महिनामात्रै माइक्रोसफ्टलाई अग्रणी टेक्नोलोजी कम्पनीको रुपमा स्थापित गर्ने उद्देश्यसहित पुनर्संरचना तथा पुर्नआकारको योजना अघि सारेका थिए । तर आलोचकहरुले भने यो कदम निकै ढिलो तथा अपर्याप्त रहेको बताउँदै आएका छन् ।

सन् १९५६ मा जन्मेका बाल्मरको माइक्रोसफ्ट कम्पनीमा भएको वृत्ति विकाश निकै लोभलाग्दो छ । सन् १९८० मा माइक्रोसफ्ट कम्पनीमा बिजनेस म्यानेजरको रुपमा छिरेका बाल्मर सन् १९९२ मा कार्यकारी उपाध्यक्ष भए । सन् १९९८ मा उनी माइक्रोसफ्टको अध्यक्ष बने भने सन् २००० मा संस्थापक बिल गेट्सले बाल्मरलाई प्रमुख कार्यकारी बनाएर आफु बोर्डको अध्यक्षको रुपमा रहे । बाल्मरको कार्यकालमा माइक्रोसफ्टले समग्रमा आफ्नो आम्दानी तेब्बरले बढाउनुका साथै नाफा दोब्बर पार्न सफल भएको थियो ।

पछिल्लो समय नेतृत्व क्षमतामा प्रश्न उठ्न थालेपछि अलोकपि्रय बन्दै गएका बाल्मरको अवकाशको घोषणा सँगै माइक्रोसफ्टको शेयर मूल्यमा ५.७ प्रतिशतले वृद्धि हुँदै प्रतिशेयर मूल्य ३४.२६ डलर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?