Comments Add Comment

प्रहरीसमक्ष उपस्थित हुन आसाराम बापूलाई नोटिस

१० भदौ काठमाडौं । भारतको धार्मिक गुरु आसाराम बापूलाई जोधपुर पुलिसले नोटिस दिएको छ । एक नाबालिग बालिकालाई यौन दुव्र्यवहार र बलात्कार गरेको अरोप लागेपछि प्रहरीले अहमदाबादको मोटेरास्थित आश्रममा गएर प्रहरीले नोटिस दिएको हो ।

उनलाई ३० अगष्टसम्म सोधपुछका लागि प्रहरी समक्ष उपस्थित हुन र आफ्नो बयान पेश गर्न भनेको छ । जोधपुर प्रहरीले बुधबार आसारामविरुद्ध मुद्दा दायर गरेको थियो । छिंडवाडा गुरुकुलमा अध्ययन गरेकी एक बालिकाले अगष्ट १५ मा जोधपुर नजिकैको गाउँमा आफूलाई बलात्कार अरोप आरोप लगाएकी छिन् ।

रिपोर्ट अनुसार आसारामले प्रार्थनापछि पर्खन भनेको र पछि बलात्कार गरेको उनको दावी छ । त्यसबेला उनको आमाले बाहिर पर्खिरहेकी थिइन् । बालिका आफ्ना आमाबाबुसँगै अगष्ट १४/१५ मा शिविरमा उपस्थित रहेको प्रहरीले पुष्टी गरेको छ । आसारामका प्रवक्ताले भने आरोप अस्वीकार गर्दै धार्मिक गुरुको छवि धमिल्याउन खोजेकेा दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment