Comments Add Comment

अधिकारी दम्पतीको जीवन रक्षा गर्न आग्रह

११ भदौ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले एक महिनाभन्दा लामो समयदेखि आमरण अनसनमा रहेका नन्दप्रसाद र गंगामाया अधिकारीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै अधिकारी दम्पत्ती आमरण अनसनमा छन् । अवस्था गम्भीर भएपछि वीर अस्पतालमा भर्ना गरिएपनि अधिकारी दम्पत्तीले अनसन तोड्न अस्वीकार गरेका छन् ।

आयोगले अधिकारी दम्पत्तीको स्वास्थ अवस्थाबारे मंगलबार जानकारी लिएको छ । ‘अनुगमनबाट प्राप्त जानकारीअनुसार उहाँहरूको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ’ मानवअधिकार आयोगद्वारा जारी विद्दप्तिमा भनिएको छ-‘आमरण अनसनमा रहनुभएका मृतकका मातापिताको जीवन रक्षाका लागि आयोगले गरेको पहललाई सहयोग गर्न र आरोपित व्यक्तिहरूमाथि अनुसन्धान हुनेबारे मृतकका परिवारजनलाई आश्वस्त तुल्याउन नेपाल सरकारसँग आयोग पुनः आह्वान गर्दछ ।’

मानवअधिकार आयोगको सिफारिस अनुुसार सरकाकरले हत्याबारे अनुसन्धान अघि बढाइसकेको छ भने अधिकारी परिवारलाई ३ लाख राहत दिने निर्णय गरेको छ । तर, अधिकारी दम्पत्तीले भने छोराको हत्यारालाई पक्राउ नगरेसम्म अनसन नतोड्ने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment