Comments Add Comment

रुपिज र रातो बंगलालाई उपाधि

११ भदौ, काठमाडौं । तेश्रो एस अन्तर ‘ए’ लेभल कलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा साविक विजेता रुपिज इन्टरनेसनल र गल्र्समा रातो बंगलाले उपाधि जितेका छन् । नख्खुस्थित बुल्स क्लबमा भएको ब्वाइजको फाइनलमा रुपिजले आयोजक एस इन्स्िटच्युट अफ म्यानेजमेन्टलाई ५४-४२ ले पाराजित गरी उपाधि रक्षा गर्‍यो । विजेताका प्रलव वैद्यले १८ अंक योगदान गरे ।

पहिलो क्वाटरमा १४-१२ को अग्रता लिएको रुपिज दोश्रोमा १०-१३ ले पछि पर्‍यो । रुपिजले तेश्रोमा १३-२ स्कोर गर्दै जितको आधार खडा गरेको थियो । चौथोमा १७-१५ को प्रदर्शन गर्दै रुपिजले उपाधि निश्चित गर्‍यो ।

गल्र्सको उपाधि भिडन्तमा रातो बंगलाले रुपिजलाई १८-१५ ले पाखा लगाउदै रुपिजलाई दोहोरो उपाधि जित्नबाट रोक्यो । रातो बंगलाकी प्रेक्षा राणाले ७ स्कोर गरिन् । रातो बंगलाले उपाधि जितेको यो दोश्रोपल्ट हो । पहिलो संस्करणमा पनि रातो बंगला विजेता बनेको थियो । ब्वाइजमा रुपिजका प्रलव वैद्य र गल्र्समा रातो बंगलाकी प्रेक्षा राणा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एसका कर्मा टासी -के वान) र गल्र्समा रुपिजकी तेन्जिङ छोडेन सर्वाधिक स्कोरकर्ताको सूचीमा अग्रस्थानमा रहे । प्रतियोगिताभर कर्माले १ सय र तेन्जिङले ३८ स्कोर गरेका थिए ।

छदिने प्रतियोगिताको ब्वाइजमा १३ र गल्र्समा ५ टिमले प्रतिस्पर्धा गरेका थिए । ब्वाइजको खेल लिग कम नकआउट आधारमा भएको थियो भने गल्र्सको राउन्ड रविन लिगका आधारमा खेलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment