Comments Add Comment

राष्ट्रपतिलाई सक्रिय हुन ३३ दलको आग्रह

१३ भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलले गोलमेच सम्मेलनका लागि सक्रिय हुन राष्ट्रपति डा. रामवरण यादवलाई आग्रह गरेका छन् ।

माओवादी सचिव देव गुरुङको नेतृत्वमा शीतल निवासमा पुगेका ३३ दलका नेताहरुले ज्ञापन पत्र बुझाउँदै गोलमेच सम्मेलनका लागि सहजिकरणको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । ‘अहिलेको राजनीतिक निकास भनेको गोलमेच सम्मेलन नै हो तर, दलहरुबीच सहमति भएर पनि गोलमेच सम्मेलन हुन सकेन’ समाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य चैतन्य सुब्बाले अनलाइनखबरसँग भन्नुभयो-‘गोलमेच सम्मेलन गराउन सक्रिय हुनुस् भनेर आग्रह गरेका छौं ।’ सबै दलहरुबीच राष्ट्रिय सहमति हुनु पर्ने भन्दै ३३ दलले संविधानसभाबाटै संविधान बनाउन आफूहरु प्रतिवद्ध रहेका छन् ।

ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिले ३३ दलको मागबारे गम्भीरतापूर्वक अध्ययन गर्ने बताउनु भएको छ । ‘म गम्भीरचता अध्ययन गर्छु । सबै मिलेर जानु राम्रो हो भनेर उहाँले भन्नुभएको छ’ यादवको भनाई उदृत गर्दै सुब्बाले भन्नुभयो ।

‘सहजीकरणको भूमिका खेल्न तयार’

यसैबीच राजनीतिक गतिरोध अन्त्यको प्रयासमा गोलमेच सम्मेलनको सहजीकरण गर्न राष्ट्रपति तयार रहेकेा तर, सबै राजनीतिक शक्तिबचि सहमति बन्नु पर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । बीबीसीसँग कुरा गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले गोलमेच सम्मेलन सहमतिको सम्मेलन भएकाले सबै पक्षको सहमति चाहिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment