१३ भदौ, काठमाडौं । युनिक फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति भएको फाइनान्सले जनाएको छ ।
फाइनान्सले गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १५.२३ रुपैयाँ हुने गरी ३ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ रहेको छ । जगेडा कोष ४ करोड २५ लाख रुपैयाँको आधारमा फाइनान्सको प्रतिसेयर नेटवर्थ १२१.२७ रुपैयाँ पुगेको छ ।