१३ भदौ, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको असन्तुष्ट समूहले अध्यक्ष महेश बस्नेतलाई हटाउन विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन् । त्यसको तयारी स्वरुप असन्तुष्ट समूहले भदौ २८ र २९ गतेका लागि पोखरामा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष झपट रावलले पार्टीको निर्देशन वितरित महेश बस्नेत पक्षले एकपक्षीय कार्यक्रम गरिरहेकाले समानान्तर गतिविधी अघि बढाउन लागिएको जानकारी दिनुभयो । ‘पार्टीको निर्देशनपछि पनि महेशजीहरुले एकपक्षीय रुपमा गतिविधी गरिरहनुभएको छ’ रावलले भन्नुभयो-‘अब हामी जिल्ला अध्यक्षहरुको भेला गरेर विशेष महाधिवेशनको तयारी छौं ।’
एमाले अध्यक्ष झलनाथ खनालको निर्देशन विपरित बस्नेत पक्षधरले केन्द्रीय कमिटीको विस्तारित बैठक र महिला भेला गरेपछि विवाद एमाले स्थायी समितिमा पुगेको थियो । स्थायी समितिले चुनावलाई प्रभावित हुने गरी गतिविधी नगर्न दुबै पक्षलाई भनेको थियो ।
बस्नेत पक्षदे युथ फोर्सको घोषण गर्न भदौ २९ र ३० गते चितवनमा राष्ट्रिय कार्यकर्ता भेला र यूवा परिषदको बैठक बोलाएको छ । रावल पक्षले भने १७ सदस्यीय स्थायी समितिमा बस्नेतको पक्षमा ७ मात्र सदस्य मात्र रहेको र अल्मतममा परेको दावी गरेको छ ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले अध्यक्ष बस्नेतको चालाले अहिले जिउले पुच्छर भन्दा पुच्छरले जिउ हल्याएको भान भएको टिप्पणी गर्नुभयो । युवा संघ र यूवाहरुलाई रचनात्मक काममा लगाउनु भन्दा पनि ठेक्कापट्टा र गुण्डागर्दीतर्फ बस्नेतले उन्मुख गराएको दावी गर्दै आगामी जिल्ला अध्यक्षहरुको भेलाले बस्नेतलाई हटाउन विशेष महाधिवेशन बोलाउने जानकारी दिनुभयो ।
प्रतिक्रिया 4