+
+
Shares

छविलाललाई मन परेन धरानको सभागृह !

१३ भदौ, धरान । भौतिक पुर्वाधार तथा यातायात मन्त्री छविलाल पन्तलाई बाहिर सुन्दर देखिने धरानको सभागृह देखेर दुःख र चिन्ता लागेछ । पन्तले सभागृहबाटै भन्नुभयो ‘यस्तो सुन्दर शहरको सभागृह त भव्य र अत्यन्तै सुन्दर होला भन्ने सम्झेको थिएँ । तर सभागृहको रुप हेर्दा चिन्ता र दुःख लाग्यो ।’

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १३ गते ९:४४

गोपाल दाहाल

१३ भदौ, धरान । भौतिक पुर्वाधार तथा यातायात मन्त्री छविलाल पन्तलाई बाहिर सुन्दर देखिने धरानको सभागृह देखेर दुःख र चिन्ता लागेछ । पन्तले सभागृहबाटै भन्नुभयो ‘यस्तो सुन्दर शहरको सभागृह त भव्य र अत्यन्तै सुन्दर होला भन्ने सम्झेको थिएँ । तर सभागृहको रुप हेर्दा चिन्ता र दुःख लाग्यो ।’

धरानका बारेमा राम्रो वर्णन सुनेका र बाहिर हेर्दा त्यस्तै कल्पना गरेका मन्त्री पन्तले विहीबार सुनसरी उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको प्रमुख अतिथि बनेर सभागृहमा पहिलोपटक करिब ४ घण्टा बस्दा सभागृहको बेहाल देख्नुभएछ ।

chabilal

धरान नगरपालिकाले ठेकेदारलाई जिम्मा दिएपछि लथालिंग बनेको सभागृहमा मञ्चमाथिबाट टाउकोतिर र्झन लागेका सिलिङका टुक्रा झट्ट नदेखिने गरी टेन्ट लगाइएको थियो तर मन्त्री पन्तले आफुले आशनग्रहण गरेको ठीक माथितिर सिलिङ भत्किएर प्वालै प्वाल परेको देखिहाल्नुभयो । अगाडि भुईतिर पनि जताततै भत्किएको र हलमा राखिएका फलामे कुर्सीको हालत पनि मन्त्री पन्तले राम्रो मान्नुभएन ।

उहाँले बोलिहाल्नुभयो ‘सिलिङ हेर्‍यो हेर्नै नहुने, भुईं हेर्‍यो खुट्टै राख्न नमिल्ने, कुर्सीको हालत उस्तै छ । यो त सारै भएन, बरु भन्नोस् सरकारले केही गर्नुपर्छ भने सहयोग गर्न तयार छु ।’ मन्त्रीले बोल्न सुरु गर्नेवित्तिकै झ्याप्पै लाइन गयो । जेनेरेटर चलाए पनि काम गरेन, २० मिनेटसम्म मन्त्रीले बोल्न पाउनुभएन ।

सरकारी र निजी क्षेत्रसँगै हिँड्नुपर्ने

पन्तले देशको विकासका लागि सरकारी र निजी क्षेत्रसँगसँगै अघि बढनुपर्ने बताउनुभएको छ । उहाँलेले निजी क्षेत्र समयमै देश विकासमा प्रवेश नगरेकाले देश माथि पुग्न नसकेको बताउनुभयो । सुनसरी उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै उहाँले देशमा भित्रिने अर्बौं रेमिट्यान्न्स पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष कुशकुमार जोशी, पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष किशोर प्रधान लगायतले पनि निजी क्षेत्रलाई अझ प्रोत्साहन गर्न सके देश विकास हुने बताउनुभयो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न महोत्सवमा विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरियो ।

सिसी क्यामेरा र प्लाष्टिक झोला मुक्त

महोत्सवको अवसरमा व्यवसायीको सुरक्षाका लागि संघले धरानको छाताचौकदेखि भानुचौकसम्म राखेका १० वटा सिसी क्यामेरा र संघको बेवसाईटको पनि मन्त्री पन्तले उदघाटन गर्नुभयो ।

विहीबारै धरानलाई प्लाष्टिक झोला मुक्त नगर घोषणा गरिएको छ । गत जेठ २२ गते विश्व वातावरण दिवसका दिनबाट अभियान सुरु गरेर विहिबार प्लाष्टिक झोला मुक्त घोषणा गरिएको हो । संघले ५० बर्ष पुरा गरेको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर स्वर्ण महोत्सव मनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?