Comments Add Comment

ग्राहकहरुको सम्पत्ति सुरक्षित छ : नेपाल बैंक

१४ भदौ, काठमाडौं । नेपाल बैंकको कान्तिपथ शाखामा शुक्रबार विहान आगालागी भएतापनि सर्वसाधरणको सम्पत्ती सुरक्षित नै रहेको बैंकले जनाएको छ । शाखामा रहेका ग्राहक सेवासँग सम्बन्धीत लकर, नगद तथा धितोमा रहेका सुनचाँदी, ग्राहक खाताहरु लगाएतका विवरण सुरक्षीत रहेको बैंकद्धारा जारि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विहान करिब ८ बजे लागेको आगो नियन्त्रणमा आउन झण्डै डेढ घण्टा लागेको थियो । आगो जुद्ध बारुणयन्त्र, नेपाली सेना तथा प्रहरीको बारुणयन्त्र तथा पानी ट्याङ्करहरुले निभाएका थिए । आगो निभाउन स्थानीय बासिन्दा, बैंकका उच्च व्यवस्थापकहरु, शाखा प्रबन्धक तथा बैकका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको बैंकले जनाएको छ ।

Jyoti Bhawan

आगलागीबाट शाखा कार्यालयमा रहेका फर्निचर, सोफा, टेबल कुर्चि कार्पेट, कम्प्युटर, उपकरणहरु लगाएतका सामग्रीहरु जलेर नष्ट भएका छन् । शाखामा फर्निचर, कम्प्युटर तथा उपकरणहरु जलेर नष्ट भएपछि लकरसेवा बाहेक अन्य सम्पूर्ण कारोबार शुक्रबारदेखि नै बैंकको प्रधान कार्यालयबाट शुचारु गरिएको बैंकले जानकारी दिएको छ ।

आगो निभाउन सहयोग पुर्‍याउने जुद्ध बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल, ट्राफिक प्रहरी, नागरिक समाज, ज्योती समूहलगाएत सबैलाई बैंकले धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment