१४ भदौ, काठमाडौं । पूर्वएमाले सभासद तथा सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले संघीय समाजवादीका अध्यक्ष अशोक राईलाई आफैले एमालेबाट विद्रोह गराएको तर, उहाँ यतिबेला ‘भाइ एमाले’ बनेको बताउनुभएको छ । राईलाई एमालेबाट विद्रोह गराउन एमाओवादी अध्यक्ष प्रचण्डलेसमेत आत्मबल बढाइदिएको शेर्पाले खुलासा गर्नुभयो ।
‘अशोक राईलाई एमालेबाट विद्रोह गर्ने तहसम्म पुर्याउने एक पात्र म पनि हुँ, मैले जानेका विभिन्न तारिका, बुझेका सरसम्वन्ध प्रयोग गरें ।’ शेर्पाले अनलाइनखबरसँग भन्नुभयो- ‘ त्यसपछि मैले एमाओवादीका नेताहरुसँग कुरा गरेको थिएँ कि उहाँलाई आत्मबल बढाइदिनुस् है । उहाँहरुले केले आत्मविश्वास बढाइदिनुभयो थाहा छैन ।’
आफूले राईलाई एमालेबाट विद्रोह गराउन सफल भए पनि फेरि उहाँले कम्युनिष्ट पार्टी नै खोलेको र भाइ एमाले बनेको शेर्पाको गुनासो छ । उहाँ भन्नुहुन्छ ‘यो मैले बोलेको शब्द हैन । भाइ एमाले बन्यो भनेर सबैले भनिरहेका छन् । जनतालाई प्रष्ट भन्नुपर्छ कि आदिवासी जनजातिको पार्टी हो भने भन्नसक्नुपर्छ आदिवासी जनजाति, दलित, मधेसीको पार्टी हो । यदि वामपन्थी हो भने कम्युनिष्ट पार्टी नै हो भनेर भन्नुपर्छ ।’
अशोक राईको संघीय समाजवादी पार्टीका नेताहरुले बाहुनहरुलाई भेट्दा आफ्नो दललाई खाटी कम्युनिष्ट भन्ने गरेको र आदिवासी जनजातिहरुसँग खाटी जनजातिहरुको पार्टी भन्ने गरेको शेर्पाको आरोप छ । ‘उहाँहरु यसो बाहुनहरुसँग भेट भयो भने यो कम्युनिष्ट पार्टी हो, आदिवासी जनजातिको हैन भन्नुहुन्छ, जनजाति देख्यो भने खाटी जनजातिको पार्टी हो है भन्नुहुन्छ । यसरी त सधैं भ्रम छर्न सकिँदैन ।’ शेर्पाले अनलाइनखबरसँग भन्नुभयो,- बाहुन क्षेत्री धेरै चलाख छन्, कुन उद्देश्यले खोलेको भन्ने थाहा छ, जनजातिहरु पनि चलाख भइसकेका छन् ।’
प्राविधिक हिसाबले पनि मंसिर ४ मा चुनाव हुँदैन’
नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको कार्यलमा समेत रहनुभएका नेता शेर्पाले फेरि वार्ता भयो र गोलमेचमा सहमति भयो भने पनि मंसिर ४ को निर्वाचन अब प्राविधिक कारणले समेत सम्भव नहुने बताउनुभयो । सहमति भएन र जबर्जस्ती चुनाव गर्न खोजिए आफूहरुले त्यसलाई रोक्ने उहाँले बताउनुभो ।
अन्तरवार्ता पढ्नोस्
प्रतिक्रिया 4