+
+
Shares

पलेँटी उत्सवमा राष्ट्रकवि माधव घिमिरे (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते १२:४०

पलेँटी उत्सवमा राष्ट्रकवि माधव घिमिरे सहभागी हुनु भएको छ । पलेँटीमा उहाँले सहभागीहरूसँग कुराकानी गर्नु भएको थियो भने उहाँले रचना गरेका गीतहरू पलेँटी प्रतिभा सुरज र मीनाले प्रस्तुत गर्नु भएको थियो ।

गीत सुनेपछि उहाँले आफ्नो गीत ठिक स्वर लगाएर गाएको सुन्न पाउादा आनन्द लाग्ने सुनाउनु भयो । राष्ट्रकवि घिमिरेले ९४ वर्षको उमेरमा पनि आफ्नो सिर्जनशील दैनिकीमा निरन्तरता दिनु भएको छ ।

paleti-sangh-poet-madhav-ghimire-1

शुक्रबारबाट सुरू भएको पलेँटी उत्सवको यो श्रृखलामा कविवर घिमिरेसँगै प्रेमध्वज प्रधान, दावा ग्याल्मो र डेजी बराइली रहनु भएको छ । उत्सवको दोस्रो साँझ शनिबार दावा र डेजीको प्रस्तुति रहने छ । यो जोडीले करीब ३८ वर्ष पहिले गाएको ‘मयालुले सम्झे कि कसो’ निकै चर्चित गीतलाई अहिले पनि उत्तिकै रुचाइन्छ । उत्सवको समापन नेपाली आधुनिक गायनका मूर्धन्य गायक प्रेमध्वजका गीत सुनेर हुनेछ ।

‘पलेँटीमा मैले यसभन्दा पहिले पनि निकैपल्ट गाएँ । यही अभियानसित जोडिएर केही महिना अघि मात्र अष्ट्रेलियामा पनि ‘पलेँटी यात्रा’ भयो । यो कार्यक्रमले मलाई त गायन र जीवन दुबैमा उर्जा थपेको छ ।’ कार्यक्रमको तयारीमा व्यस्त प्रेमध्वजले प्रसन्न मुद्रा बनाउदै भने ।

paleti-sangh-poet-madhav-ghimire-3

यसपालीको उत्सवमा दार्जिलिङबाट दावा र डेजीसँगै चारजना वाद्यवादक पनि निम्त्याइएका छन् । ‘संगीत सामुहिक कर्म हो, नेपालीभाषमै काम गर्ने भएकोले दार्जिलिङसित नेपाली संगीत र पलेँटीको नाता जोडिँदै आएको छ । त्यही भएर यसपाली केही वाद्यवादक पनि निम्त्याएका हौं ।’ पलेँटी संयोजक आभासले प्रष्ट्याए ।

‘पलेँटीमा पहिला सानो वैठकीमा गाएको थिएँ । घरमै गाएजस्तो सहज लागेको थियो । यसपटक ठूलो हलमा गाउँदै छु तर साथमा डेजी बहिनी पनि हुनुहुन्छ । वाद्यवादकको समुह पनि ठूलो छ । राम्रो हुन्छ भन्नेमा विश्वास छ ।’ दावा ग्याल्मोको टिप्पणी थियो । दावाको भनाई सुनिरहेकी डेजीले थपिन्- ‘दावा दिदी साथमा भएर म त ढुक्क छु नि हौ ’ पलेँटी उत्सव डिएभी स्कुल जावलाखेलको बुद्ध हलमा अगष्टको सेप्टेम्बर १ तारिकसम्म हुनेछ ।

paleti-sangh-poet-madhav-ghimire-2भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?