+
+
Shares

शान्ति मिसनका लागि नेपाल प्रहरी माली जाने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १५ गते १:२९

१५ भदौ, काठमाण्डौं । राष्ट्रसंघीय मिसनअन्तर्गत विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिँदै आएको नेपाल प्रहरी अफि्रकी मुलुक मालीमा पनि जाने तयारी गरेको छ । शान्ति स्थापनाका लागि मालीमा खटिन प्रहरीले औपचारिक रुपमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई पत्राचार गरेको छ ।

nepal policeराष्ट्रसंघले मालीमा ठूलो संख्यामा शान्तिसेना पठाउने तयारी गरेपछि नेपाल प्रहरीले आफूहरु त्यहाँ सेवा गर्न इच्छुक रहेको भन्दै पत्राचार गरेको नयाँ पत्रिकामा खबर छ । मालीमा नेपाली सेना खटिने निश्चित भइसकेको छ । आर्मीसँगै सिभिल प्रहरी पनि चाहिने भएकाले प्रहरीले जाने इच्छा देखाएको हो । हाल अमेरिकामा रहेका नेपाल प्रहरी युएन शाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीलाई पनि त्यससम्बन्धी छलफल गर्न प्रहरी प्रधान कार्यालयले जिम्मा दिएको छ ।

राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान जनशक्तिको हिसाबमा छैटौं स्थानमा छ । नेपाल प्रहरी सन् १९९२ देखि विभिन्न देशमा खटिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?