+
+
Shares

७ रङमा कलाको इतिहास

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जोन सिङ्गर सार्जेन्टले सन् १८८४ मा बनाएको 'म्याडम एक्स' चित्रमा जलाइएको कंकालबाट प्राप्त बोन ब्ल्याक प्रयोग गरिएको थियो।
  • भर्मियरको 'द गर्ल विथ अ वाइन ग्लास' चित्रमा युवतीको पोशाकमा रूबिया टिक्टोरमबाट निकालिएको रातो रङ प्रयोग गरिएको थियो।
  • सन् १९४० मा रिचर्ड ज्याकोबीले लिड मोनोक्साइड र टिन डाइअक्साइडको मिश्रणबाट पहेँलो रङ बनाउन सफल भएका थिए।

रङहरूको आफ्नै अर्थ हुन्छ । उनीहरूमा रहस्य हुन्छ । आज कुनै पनि कलाकारका लागि रङको अभाव छैन । तर, इतिहासमा आजको जस्तो रङको उपलब्धता थिएन । कलाकारहरूले चाहेको जस्तो रङ निकाल्न अनेकौँ डर लाग्दा प्रक्रिया पनि अपनाएका थिए ।

आज हामी विश्वमा ७ रङको इतिहासबारे चर्चा गर्दैछौँ

१. कालो : जोन सिङ्गर सार्जेन्टको ‘म्याडम एक्स’ (सन् १८८३-४)

जोन सिङ्गर सार्जेन्टले सन् १८८४ मा पेरिसको एक प्रदर्शनीमा फ्रान्सेली बैंकरकी पत्नी भर्जिनी एमिली एवेगनो गोट्रोको आफ्नो चित्रको अनावरण गर्दा विवाद उत्पन्न भयो । कलाकारले उनको आकर्षक कालो पोशाकको दायाँपट्टिको फितालाई काँधबाट तल खस्न दिएको निर्णय तत्कालीन समाजले पचाउन सकेन भन्ने गरिन्छ ।

तर चित्रलाई असहज बनाउने पोशाकभन्दा पनि कुरो अर्कै थियो । सार्जेन्टले गोट्रोको छालालाई बोन ब्ल्याकबाट बनाएका थिए । जुन जलाइएको कंकालको अवशेषबाट प्राप्त हुन्थ्यो । उक्त गोप्य सामग्रीले गोट्रोको सुन्दर तर बिग्रँदै गएको रङलाई सुन्दर देखाएको छ ।

२. रातो : भर्मियरको ‘द गर्ल विथ अ वाइन ग्लास’ (सन् १६५९-६०)

भर्मियरको ‘द गर्ल विथ अ वाइन ग्लास’ चित्रको केन्द्रमा युवती र उनको लम्पट प्रेमी देखिन्छन् । ती प्रेमीले उनलाई शंकास्पद रूपमा रक्सीको घुट्का खुवाइरहेको छ । जबकि एक जना अभिभावक कुनामा सुतिरहेका छन् ।

यो तनावलाई अझ बढाउन भर्मियरले उक्त युवतीको पोशाकमा चतुरतापूर्वक रोज म्याडर लगाएका छन् । यो रङ रूबिया टिक्टोरम नामक जडिबुटीको रातो जराबाट निकालिएको हुन्छ ।

३. सुन्तला : सर फ्रेडरिक लेइटनको ‘फ्लेमिङ जुन’ (सन् १८९५)

सर फ्रेडरिक लेइटनले बनाएको निदाइरहेकी एक युवतीको प्रसिद्ध चित्रहो फ्लेमिङ जुन । झट्ट हेर्दा यहाँ गर्मीको मौसममा सुतिरहेको जस्तो लाग्छ । तर उनको नजिकै घातक ओलियन्डरको हाँगा रहेको कुराले मृत्युलाई पनि सङ्केत गर्छ । जे होस्, लेइटनले उनको लचकदार शरीरलाई चतुरतापूर्वक क्रोम ओरेन्जले ढाकेका छन् ।

जुन १९औँ शताब्दीमा मात्र उत्पादन सम्भव भएको नयाँ रङ हो । पेरिस र मेरिल्यान्डको बाल्टिमोर नजिकैको विशाल भूमिगत भण्डारमा जब क्रोमाइट नामक खनिज पदार्थ पत्ता लाग्यो, त्यसपछि यो रङ बनाउन सम्भव भएको थियो ।

४. पहेँलो : रेम्ब्रान्ड्टको ‘बेल्शाज्जार्स फिस्ट’ (१६३६-३८)

सन् १९४० मा डोर्नर इन्स्टिच्युटका अनुसन्धानकर्ताले कला इतिहासमा सबैभन्दा ठूलो खोजमध्ये एक पत्ता लगाए । रिचर्ड ज्याकोबीले पुरानो समयका गुरुहरूले पुस्ता-पुस्तासम्म हस्तान्तरण गर्दै आएको पहेँलो रङको गोप्य रेसिपीलाई उल्टो तरिकाले निर्माण गर्न सफल भएका थिए ।

यो रङ १८औँ शताब्दीको मध्यदेखि चित्रहरूबाट गायब भएको थियो । अर्थात् प्रयोग हुन छाडेको थियो । तर ज्याकोबीले लिड मोनोक्साइड र टिन डाइअक्साइडको मिश्रणलाई सही अनुपातमा तताउँदा पहेँलो रङ उत्पादन गर्न सकिन्छ भन्ने पत्ता लगाए ।

रेम्ब्रान्ड्टले आफ्नो ‘बेल्शाज्जार्स फिस्ट’ मा पर्खालमा परमेश्वरले लेखेका शब्दहरूको लागि प्रयोग गरेको चम्किलोमा पहेँलो रङ यही विधिबाट बनाइएका थिए ।

५. हरियो : बर्थे मोरिसोटको ‘समर्स डे’ (सन् १८७९)

केही मानिसहरूले शंका गर्छन् कि ‘शील्स ग्रीन’ नामको विषालु हरियो रङका कारण नेपोलियन बोनापार्टको मृत्यु भएको थियो । यो रङ उनको शयनकक्षको वालपेपरमा प्रयोग गरिएको थियो । तर बोनापार्टको मृत्युको करिब ५० वर्षपछि फ्रान्सेली चित्रकार बर्थ मोरिसोटले ‘समर्स डे’ नामको चित्रमा आकाश रंग्याउन ‘एमराल्ड ग्रीन’ नै प्रयोग गरिन् । उनको उक्त काममा डुङ्गामा आरामपूर्वक बगिरहेका दुई युवती देखिन्छ । जसलाई सास फेर्न असहज भएको जस्तो देखिन्छ ।

६. बैजनी : क्लाउड मोनेटको ‘इरिसेस’ (सन् १९१४-१९२६)

१९औँ शताब्दीमा दुई महत्वपूर्ण कुरा एकै समयमा भए । पहिलो, ‘कोबाल्ट भायोलेट’ नामको पहिलो शुद्ध बैजनी रङको आविष्कार । दोस्रो, कलाकारहरूले बाहिर लैजान मिल्ने पोर्टेबल पेन्ट ट्युबको निर्माण । यी दुवै कुरा इम्प्रेसनिस्ट कलाकारका लागि ठूलो उपलब्धि भयो । किनकि छायाँ र प्रकाशको वास्तविक रूप चित्रमा उतार्न धेरै उपयोगी भए।

एकफेर सन् १८८१ मा चित्रकार एडुआर्ड मानेट उत्साहित हुँदै आफ्ना साथीहरूलाई ‘अन्ततः वातावरणको साँचो रङ भेटेँ’ भनेका थिए । जुन बैजनी रङ थियो । उनका चर्चित चित्रहरू ‘आइरिस’ र ‘लिली’ यही समयमा बनाइएका थिए ।

७. सेतो : जेम्स म्याकनेल ह्विस्टलरको ‘सिम्फोनी इन ह्वाइट, नम्बर १: द ह्वाइट गर्ल’ (सन् १८६१-२)

सेतोको पनि एउटा अँध्यारो पक्ष हुन्छ । जेम्स म्याकनेल ह्विस्टलरको ‘सिम्फोनी इन ह्वाइट, नम्बर १: द ह्वाइट गर्ल’ मा सेतो रङ प्रयोग गरिएको छ । तर यो रङ बनाउन निकै डर लाग्दो प्रक्रिया अपनाइएको थियो । किनकि रङ बनाउन लिडका पातलो टुक्राहरू प्रयोग गरिएको थियो । तर त्यसबाट रङ निकाल्ने प्रक्रिया स्वास्थ्यका लागि निकै नै डर लाग्दो थियो । यसबाट बनाइएका चित्रहरू सुन्दर देखिए पनि प्रक्रिया निकै खतरनाक थियो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?