+
+
Shares

१९औं शताब्दीको अब्राहम लिंकनको फोटो पछि कसरी नक्कली ठहरियो ?

त्यो शरीर जोन क्याल्हुन नामका एक राजनीतिज्ञको थियो । जो दासप्रथाका समर्थक थिए । लिंकनलाई अझ वीर देखाउन प्रिन्टमेकरले त्यस्तो गरेको तर्क पनि गरिने गरिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको चर्चित फोटोमा प्रिन्टमेकिङका कारण टाउको जोडिएको नक्कली तस्बिर प्रयोग भएको थियो।
  • सन् १८६४ मा एन्थोनी बर्गरले खिचेको लिंकनको फोटो आधारमा बनाइएको चित्र सन् १९१४ देखि २००७ सम्म पाँच डलर नोटमा राखिएको थियो।
  • सन् १९७० मा यो फोटो नक्कली रहेको खुलासा भएको थियो।

एआई र डीपफेक जस्ता प्रविधिको युगमा फोटोहरूमा हुने हेरफेर बढ्दो चिन्ताको विषय बनेको छ । तर यो शताब्दीऔंदेखि हुँदै आएको कुरो हो । यतिसम्म कि अब्राहम लिंकनको सबैभन्दा चर्चित फोटोमध्ये एकलाई पनि तोडमोड गरेर मिलाइएको थियो ।

अहिले पत्रपत्रिकादेखि लिएर फेसन उद्योग, राजनीतिक अभियान, सामाजिक सञ्जालका पोस्टहरू सबैमा त्यस्ता तस्बिरहरूको प्रयोग भएको देखिन्छ । यो कुरा अहिले भएको जस्तो लागे पनि खासमा फोटोग्राफीको सुरूवात भएसँगै भएको थियो ।

सुरुका धेरैजसो फोटोग्राफरहरू चित्रकार पनि थिए । उनीहरूले आफ्ना तस्बिरमा विज्ञान र कला दुवैको प्रयोग गर्थे । तर पनि मानिसहरूको वास्तविक अनुहार देखाउन फोटो नै सबैभन्दा भरपर्दो माध्यम मानिथ्यो ।

सन् १८६१ मा अमेरिकी राष्ट्रपतिको पदमा आउनुअघि अब्राहम लिंकनले पनि धेरै जनतासामु पुग्न फोटोलाई नै माध्यम बनाएका थिए । आकर्षक फोटोले उनलाई बचाउन सक्ने र धेरै माँझ चिनाउन सक्ने भएकाले लिंकनले फोटोलाई प्राथमिकता दिएका थिए । त्यतिबेला फोटोग्राफी व्यापक रूपमा फैलिएको थिएन ।

द लिंकन इमेजका लेखक हेरोल्ड होल्जरका अनुसार लिंकनलाई आफ्नो फोटो खिचाउन खुब मन पर्थ्यो । उनले आफ्नो जीवनभर १२० भन्दा बढी फोटो खिचाएका थिए ।

तीमध्ये फेब्रुअरी १८६४ मा एन्थोनी बर्गरले खिचेको लिंकनको एउटा फोटो निकै चर्चित बन्यो । त्यस फोटोलाई आधार मानेर बनाइएको चित्र सन् १९१४ देखि २००७ सम्म अमेरिकाको पाँच डलरको नोटमा समेत राखिएको थियो ।

बर्गर वाशिङ्टन डीसीमा म्याथ्यु ब्रेडीले स्थापना गरेको स्टुडियोका मुख्य फोटोग्राफर थिए । अनि गृहयुद्धको बेला तस्बिरहरू खिचेर उनले ख्याति कमाएका थिए । तर उनैले खिचेको र पछि पैसामा प्रयोग गरिएको त्यही तस्विर पूर्ण रूपमा वास्तविक नभएको पत्ता लाग्यो ।

जसको प्रमुख कारण-प्रिन्टमेकिङ थियो ।

लिंकनको पालमा अमेरिकी प्रिन्टमेकिङ निकै विकसित भइरहेको थियो । अझ गृहयुद्धको समयमा त प्रिन्टमेकिङ ह्वात्तै बढेको थियो । त्योबेला पुरानो मेक्सिकन युद्धका नायकहरूको प्रिन्टहरूमा नयाँ टाउको जोडेर पुनः जारी गरिन्थ्यो । दारी नभएका चित्रहरूलाई अपडेट गरिन्थ्यो । त्यसै सिलसिलामा लिंकनको फोटो नक्कली हुन गएको थियो ।

एक प्रिन्टमेकरले लिंकनको टाउको मात्र लिएर अलेक्जेन्डर रिचीले १८५२ मा बनाएको चित्रको शरीरमा टाँसिदिएका थिए । त्यो शरीर जोन क्याल्हुन नामका एक राजनीतिज्ञको थियो । जो दासप्रथाका समर्थक थिए ।

लिंकनलाई अझ वीर देखाउन प्रिन्टमेकरले त्यस्तो गरेको तर्क पनि गरिने गरिन्छ । तर विडम्बनापूर्ण दासप्रथाको अन्त्यका लागि लड्ने व्यक्तिको टाउको, दासप्रथाको समर्थन गर्ने व्यक्तिको शरीरमा राखिएको थियो ।

अर्को विडम्बना लिंकनलाई फोटो खिचाउन निकै मन पर्थ्यो । र, त्यो क्याल्हुनको चित्रमा देखिएको टेबलमा रहेका कागजपत्रहरूमा संविधान, स्वतन्त्र व्यापार र राज्यहरूको सार्वभौमिकता लेखिएको थियो ।

यता टाउको जोडिएको लिंकनको फोटोमा भने ती शब्दहरू परिवर्तन गरेर ‘संविधान’, ‘युनियन’ र ‘स्वतन्त्रताको घोषणापत्र’ जस्ता शब्दहरू लेखिएका थिए ।

लिंकनको टाउको जोडिएको उक्त चित्र केही वर्षसम्म अमेरिकामा प्रयोगमा आयो । धेरैले झुटोलाई सत्यता भनेर स्वीकार गरिरहे।

त्यो टाउको जोडिएको फोटोको वास्तविकताबारे लाइब्रेरी अफ कङ्ग्रेसका अभिलेखपाल मिल्टन कपलानले सबैभन्दा पहिले खुलासा गरे । उनले सन् १९७० को ‘हेड्स अफ स्टेट’ नामक लेखमार्फत यो कुरा बाहिर ल्याएका थिए ।

तर त्यस बेलासम्म लिंकनको टाउको जडित प्रिन्टहरूले उनलाई अमेरिकी जनतामाँझ देवता बनाइदिसकेका थिए । किनकि धेरै अमेरिकनहरूले त्यो फोटोलाई आफ्नो बैठक कोठाको भित्ताहरूमा राख्थे ।

लिंकनको त्यो फोटो सन् १८६५ मा उनको हत्यापछि प्रिन्टको धेरै माग हुँदा बनाइएको पनि बताइने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?