Comments Add Comment

एनआरएनए कतारको अधिवेशन स्थगित

दिपक पुडासैनी

दोहा । एनआरएनए कतारको शनिवार हुने भनिएको निर्वाचन स्थगित भएको छ । राती अबेर गरेर निर्वाचन कमिटीका संयोजक कमलमणि गुरागांईले दिएको जानकारि अनुसार अर्को निर्वाचन सेप्टेम्बर ६ वा १३ तारिकमा हुन सक्ने संम्भाबना छ । उनका अनुसार नेपाली दुतावासले निर्वाचनका लागी नियोगको हल उपलब्ध नगराएको कारण निर्वाचन स्थगित गर्नु परेको हो । संयोजक गुरागांईका अनुसार कतार सरकारले हल उपलब्ध गराउन दूतावासलाई अनुमती दिने वा नदिने कुनै जानकारी उपलब्ध नगराएकोले राजदुतले दुतावासमा निर्वाचन संम्पन्न गर्न स्वीकृतीको नदिएको हो ।

अघिल्लो अधिबेशनमा तत्कालीन राजदूत डा. सुर्यनाथ मिश्रले १२९६ परिषद सदस्य हुदा १ सय ५० देखी २ सय ५० जना सम्म हुन सक्ने ब्यहोराको पत्र पठाएर कतार कतार सरकार संग अनुमति लिएको जानकारी तत्कालिन अधिबेशनमा संम्बोधन गर्ने क्रममा बताएका थिए । तर अहिले अनुमति माग्दा १ हजार ६ सय २८ परिषद संख्या नै खुलाएर पठाएकोले अनुमति नदिएको हुनसक्ने संयोजक गुरागांले अनुमान गरेका छन । अब हुनसक्ने निर्वाचनमा ६५ जनाले प्रतिस्पर्धा गर्दै छन जसमा अध्यक्षमा करिम बक्स मियां, गुरु नारायण रानाभाट र मकसुद आलम छन । प्रथम उपाध्यक्षका लागी कुमार कार्की, तिल बिक्रम थेबे, महासचिबमा तिर्थ संगम राई, ध्रुबराज अधिकारी र बिनोद भट्टराई, सचिबको लागी धर्मदेब मण्डल, दिपक खड्का, उत्तिम कुमार साह तथा कोषाध्यक्षको लागी द्रोण बहादुर बस्नेत, प्रताप ढुंगाना, कमल प्रसाद घिमिरे चुनाबी मैदानमा छन ।
खुल्ला तर्फको ५ सदस्यका लागी १५ जनाले मनोनयन दर्ता गराएका छन । जसमा बिष्णु केसी, तुल्सीराम पाण्डे, आई बहादुर खत्री, दिल बहादुर खड्का क्षेत्री, मंजुर अलाम मियां, बुद्दि प्रसाद भण्डारी, संजय रजक, ई. नन्द प्रसाद गर्बुज, चिन्तामणि पौडेल, सुनिल मण्डल, गौतम रिजाल, टेकनाथ बराल, पे्रम प्रसाद सिटौला, बिनोद चौधरी र एकराज सुबेदी छन ।क्षेत्रीय सदस्यहरुको १ पदकालागी पुर्बान्चलबाट छबिरमण कटुवाल र अर्जुन चापागांई – असिफ अहमद) मध्यमान्चलबाट इश्वरराज पौडेल र रामचन्द्र माझी पश्चिमान्चल बाट टंकनाथ भट्टराई बिक्रम कार्की र गोप शहादुर बिक, मध्यपश्चिमान्चल बाट केबल केबल कामी, लिला जिसी र कैलास घर्ती मगर प्रतिस्पर्धामा छन । त्यसैगरी महिला प्रतिनिधीका लागी ललिता कुमारि शर्मा र संम्झना पुडासैनी, महिला सदस्यमा सोया दहाल, संगिता तमाड. र आरती डल्लाकोटी भिडदै छन भने एनआरएनए आइसीसी सदस्यका लागी राजेश दर्शन अर्याल र उमेश अधिकारी चुनाबी मैदानमा छन ।

दलित सदस्यकालागी बालकृष्ण भित्रीकोटी, दिप कुमार नेपाली राम बहादुर सुयाल र चोलाकान्त बिक, तराइ मधेश समुदायमा शिबशरण यादब, रामेश्वर मण्डल, उपेन्द्र गोढान यादब र जिबछ यादब, मुस्लिम समुदायबाट मुखतार आलम, मोहम्द हारुन जोलाहा, अबुबकर अलि मोहम्मद हुसेन खान तथा मोहम्मद इसा राइन अलि भिडदै छन । जसमध्धे बाट दुई दुई जना चुनिने छन । दितिय उपाध्यक्षमा सुक बहादुर तमाड., युवा प्रतिनिधीमा नबराज बिक, सुदुर पश्चिमान्चल सदस्यमा भिम बहादुर बलायर तथा आदिबासी जनजातिको कोटामा केशर कुमार सुनुवार र महेन्द्र कुमार भुजेल यस अघिनै निर्बिरोध निर्वाचित भै सकेका थिए ।

यस अघि गतहप्ता एनआरएनए कतारको पांचौ अधिबेशन संम्पन्न भैसकेको छ । कतारका लागी नेपाली राजदुत डा. मायां कुमारी शर्माको प्रमुख आतिथ्यमा संम्पन्न अधिबेशनमा एनआरएनए आइसिसीको आगामी कार्याकालका लागी अध्यक्षका तिन प्रत्यासी शेष घले, रामेश्वर शाह तथा तेन्जी शेर्पा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment