+
+
Shares

सामान्य बिबादलाई एनआरएन टुक्रियो भन्न मिल्दैनः लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते ३:११

१६ भदौ, काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले बिभिन्न राष्ट्रिय समन्वय परिषद्मा हालै देखिएका बिबाद सहमतिबाट मिलाउने प्रयास भइरहेको बताउनुभएको छ ।

यी बिबादहरु समान्य प्रकृतिका रहेको भन्दै उहाँले त्यसलाई एनआरएन नै टुक्रियो भन्ने खालका टिप्पणी समाजिक संजाल र अनलाइनहरुमा नगरिदिन आग्रह गर्नुभएको छ ।

लामिछानेले आज एक बिज्ञप्ति जारी गरी संचारमाध्यमहरुलाई पनि जिम्मेवाररुपमा प्रस्तुत भइदिन आग्रह गर्नुभएको छ ।

jiba‘यस्ता विवादलाई लिएर सामाजिक संजाल र केहि अनलाईन मिडियामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका जिम्मेवार पदाधिकारीहरुको नाम समेत मुछिने गरि एनआरएनएमा नै फुट भन्ने खालका भ्रम सृजना गर्ने प्रकृतिका समाचारहरु प्रेषित भएकोले मिडियासंग आवद्द मित्रहरु तथा सम्पूर्ण महानुभावहरुमा सत्य-तथ्य बुझी समाचार सम्प्रेषण गरि दिनु हुन अनुरोध गर्दछु ।’ लामिछानेले भन्नुभएको छ- ‘बिदेशमा भर्खरै स्थापित हुन प्रयास गरि रहेको नेपाली समुदाय बिच रहेको आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न समुदायका जिम्मेदार साथिहरु सोहि रुपमा प्रस्तुत भई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?