Comments Add Comment

बाढी पीडीतलाई पञ्चकन्याद्धारा साढे २ लाख सहयोग

panchya-kanya१६ भदौ, काठमाडौं । नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महाकाली बाढी पीडितलाई २ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । समूहले स्थापनाको ४१ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा एक समारोहको आयोजना गरि उक्त रकम सहयोग गरेको हो । समूहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले नेपाल सरकारका मूख्य सचिव लिलामणी पौडललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

समूहले बिगत दिनमा पनि दक्षिणकाली मन्दिर सरसफाई, बिद्यालयको रङ्गरोगन, सेभेन समिट ओमनलाई आर्थिक सहयोगजस्ता जनहितकारी कार्यमा सहयोग गर्दै आएको छ । समूहका अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि यस्तो सहयोगलाई महत्वका साथ निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

समूहका उपाध्यक्ष धु्रब कुमार श्रेष्ठले समूह ४० बर्षको उपलब्धी तथा यसले देशको आर्थिक, सामाजिक क्षेत्रमा गरेको योगदानमाथी प्रकाश पार्नुभएको थियो । उक्त अवसरमा कम्पनीको प्रगतीमा उत्कृष्ट योगदान गर्ने कर्मचारी तथा डिलरहरुलाई सम्मान गरिएको थियो । समूहको ४० वर्ष लामो इतिहासका उपलब्धी र चुनौतीहरु समेटिएको कर्पोरेट म्यागजिन समूहका प्रबन्ध निर्देशक प्रदीपक कुमार श्रेष्ठले सार्वजनिक गर्नुभयो ।

श्निवार राजधानीमा आयोजना गरिएको उक्त समारोहमा राष्ट्रिय जिवनका सबैजसो अंगका प्रतिष्ठित व्यक्तित्व, पञ्चकन्या समूहका डिलरहरु संचार उद्यमी, ब्यवसायी, कर्मचारी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment