+
+
Shares

करिश्मा पति भन्छन्,’पैसा मलाई नदेऊ, भोलिका लागि बचाऊ’

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते १०:५९

नायिका करिश्मा मानन्धर र उनका पति विनोद मानन्धर बिच उमेरमा ठूलै भिन्नता छ । करिश्माको हरेक सफलतामा खुशी हुने बिनोद उनका केही बानीबाट भने हैरानी छन् । अनलाइनखबरसँग आफ्नै निबासमा विशेष कुराकानी गर्दै बिनोदले करिश्माको बिषयमा केही असन्तुष्टिको पोको खोलेका हुन् । चलचित्र ‘बाबुसाहेब’ बनाएर करिब ६० लाख घाटा सहेका बिनोदलाई लामो समयसम्म यसको ऋण चुक्ता गर्दैमा हैरानी भयो ।karisma-and-binod-manandharहाल छोरी कवितालाई अमेरिका पठाउन पठाएपछि विनोदको खर्च फेरी बढेको छ । विनोदले भने, ‘मासिक २ लाख जति खर्च हुन्छ, छोरीलाई एक डेढ लाख मासिक रुपमा पठाउछु ।’ उनले छोरीको खर्च आफ्नै आम्दानीले बेहोरिरहेको रहस्य पनि खोले । विनोदले करिश्माको केटाकेटी बानी प्रति गुनासो गर्दै भने, ‘उसको काम बिगारेपछि मात्र सोच्ने, चाडै निर्णय गर्ने अनि पछि यस्तो गर्न नहुने भनेर महुशश गर्ने बानी छ ।’

‘उसले कमाएको आफै खर्च गरोस् मलाई नदिए पनि हुन्छ तर खर्च कम गर्दा धेरै राम्रो हुन्छ’, बिनोदले करिश्मालाई सुझाव दिदै भने । ‘२ लाख रुपैयाँ कमायो भने पनि जुत्ता किनेर, सपिङ गएर, खाएर नै उडाइदिन्छिन्, पछि चाहिन्छ बचाएर राख्नु पर्छ भन्ने सोच नै छैन’, बिनोदले करिश्माको कमजोर बानी खोल्दै भने ।

करिश्माले किनेको गाडीको किस्ताको मासिक ३५ हजार पनि आफूले ५ पटक तिरिदिएको बताउदै बिनोदले भने, ‘भोलिको बारेमा पनि केही सोच्ने, अलिकती भएपनि संगालेर राख्ने बानी गर्दा राम्रो हुने तर गर्दिनन् के भन्नु ?’

पैसा हुदा निक्कै खुशी हुने, नत्र रिसाएर सुतेरै बसिदिने बानी छ करिश्माको । बिनोदले अनलाइनखबरसँग भने, ‘यदि म पनि यस्तै खर्चालु र नबचाउने भएको भए के हुन्थ्यो होला हाम्रो परिवार तपाई आफै भन्नुहोस् त ?’

यता नायिका करिश्मा मानन्धरले पनि अनलाइनखबरसँग कुरा गर्दै आफूले कमाएको धेरै रकम महंगा जुत्ता किनेरै खर्च गर्ने गरेको बताएकी थिइन् । बिनोदले भने, ‘मलाई उसैले कमाएकी छ किन दिनु पर्‍यो भन्ने लाग्छ, उसलाई मेरो श्रीमान भएपछि मलाई खर्च दिनु पर्छ भन्ने लाग्छ, यही कुरामा मतमतान्तर छ हाम्रो ।’

 

बिनोदले लाजिम्पाट र गोदाबरीमा रहेकोे आफ्नो घरको भाडा उठाएरै मासिक २ लाख आम्दानी हुने र यसैबाट आफ्नो घर खर्च चलिरहेको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?