१६ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सुनको भाउ ओरालो लागेको छ । आइतारबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेर ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ गत बुधबार तोलको ६३ हजार ३ सय रुपैयाँ पुगेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको थियो ।
सुनको भाउ बिहीबार ११ सय रुपैयाँ, शुक्रबार र आइतबार १÷१ हजार रुपैयाँ घटेर तोलाको ६० हजार २ सय रुपैयाँमा झरेको हो । त्यस्तै, चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँ घटेर १ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार चाँदी तोलाको ११ सय १५ रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दिनमा चाँदीको भाउ निरन्तर ओरालो लागिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4