१६ भदौ, भारत । उत्तर-पश्चिम भारतीय राज्य राजस्थानमा आइतबार बिहान सबेरै भारतीय धर्मगुरु आशाराम बापु एक बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
उनीमाथि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको वरिष्ठ प्रहरी अधिकृत अजय सिंहले बताए । उपचारको क्रममा आफ्नी आमासँग राजस्थानस्थित आशारामको आश्रममा आएकी ती किशोरीलाई आशाराम बापुले बलात्कार गरेको समाचारमा जनाइएको छ ।
राजस्थान प्रहरीले आइतबार मध्यराती उनको आश्रममा प्रवेश गरी अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको जनाइएको छ । बलात्कारमा परेकी ती किशोरीका परिवार करिब एक दशकभन्दा बढी समयदेखि आशारामका भक्त रहेको बताइएको छ ।
हिन्दुहरूकाबीच आशाराम बापुको नामबाट प्रख्यात यी व्यक्तिको सयौँ सर्मथकहरू रहेका छन् । उनलाई जोधपुर प्रहरी समक्ष उपस्थित गराइएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रहरीले उनीमाथि सोधपुछ जारी राखेको र आशारामले यस आरोपलाई अस्वीकार गर्दै आफू निर्दोष भएको जनाउर्दै आएको जनाइएको छ । रासस/एपी
प्रतिक्रिया 4