Comments Add Comment

प्रचण्ड र बाबुरामलाई मुद्दा लगाउन एमाओवादीको चुनौती

१७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले चुनावको पूर्वसन्ध्यामा गोरखाका फुजेलको अधिकारी हत्या प्रकरणलाई षड्यन्त्रपूवर्क उचालिएको निष्कर्ष निकालेको छ । साथै उसले यसविरुद्ध संघर्षमा उत्रने चेतावनीसमेत दिएको छ ।

गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्न माग गर्दै अधिकारीका आमाबाबु नन्दप्रसाद र गंगामाया झण्डै एक महिनादेखि अनसनमा हुनुहुन्छ । अधिकारी दम्पत्तिको अनसनपछि मानवअधिकार आयोगको सिफारिसमा सरकारले हत्याबारे अनुसन्धान थालेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय समिति बैठकले माओवादीविरुद्ध योजनाबद्ध रुपमा फुजेल हत्याकाण्ड चलालेको निष्कर्ष निकालेको हो । ‘फुजेलको मुद्दा उठाउनुलाई हामीले गम्भीर रुपमा लिएका छौं’ नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-‘सत्य निरुपण तथा मेलमिलाप आयोगबाट सुल्झाउनुपर्ने द्वन्द्वकालको मुद्दालाई एक-एक गरेर उठाउने हो भने हामी कहाँ पुग्छौं ?’

एमाओवादीले द्वन्द्वकालको मुद्दा ब्यूताउँने हो भने प्रचण्ड-बाबुरामलाई मुद्दा लगाएर देखाउन चुनौतीसमेत दिनुभएको छ । ‘प्रचण्ड पार्टीको अध्यक्ष तथा सुपि्रम कमाण्डर हुनुहुन्थ्यो । उहाँहरुको निर्देशनमा नै सबै काम भएको छ’ गजुरेलले भन्नुभयो-‘बाबुरामजी जनसरकार प्रमुख हुनुहुन्थ्यो । मुद्दा नै लगाउने हो भने उहाँहरुविरुद्ध लगाए हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment