Comments Add Comment

फोनमा कुरा गर्दा गर्दै कोरियामा एक नेपालीको मृत्यु

मीनप्रकाश उप्रेती

सउल । रोजगारका लागि कोरिया आएका एक नेपालीको फोनमा कुरा गर्दै गर्दा निधन भएको छ । चारमहिना अघि कोरिया आएका सुनसरी मधेली-१ का २५ बर्षीय दिपककुमार चौधरीको आइतबार चार बजे निधन भएको हो । चैाधरी फोनमा कुरा गर्दै गरेको अवस्थामा एक्कासी भुईमा लडेका थिए ।

उनलाई त्तकाल एम्बुलेन्स र प्रहरिको सहयोगमा हस्पिटल लैजादै गर्दा निधन भएकोसंगै काम गर्ने नेपालीले बताएका छन् ।  चैाधरी कोरियाको किमेमा रहेको एक मोटरका सामान उत्पादन हुन कम्पनीमा कार्यरथ थिए । संगै काम गर्ने साथीहरुलाई उनले आफुलाई उच्च रक्त चांपले सताउँदै गरेको बताउँदै आएका थिए । प्रारम्भिक अनुसन्धानमा चैाधरीको मृत्यु उच्च रक्त चांपका कारण हुन सक्ने बताईएको छ ।

 उनको शव पोस्टमार्टमका लागि नजिकैको हस्पिटलमा राखिएको छ । सोमबार बेलुकासम्म कोरियास्थित नेपाली दूतावासका कुनै प्रतिनिधि उक्त क्षेत्रमा पुगेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment