Comments Add Comment

नेपाल प्रहरीको ‘डिजिटल ट्रङ्किङ सिस्टम सुरु

१७ भदौ, काठमाडौं । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि ‘प्रहरी डिजिटल ट्रङ्किङ सिस्टम’ -पिडिटिएस) सुरु गरेको छ । चीनको सहयोगमा नेपाल प्रहरीले सुरु गरेको यो सञ्चार प्रविधिको प्रहरी महानिरीक्षक कुवेरसिंह राना र चीनका विश्व सहायता विभागका महानिर्देशक लिओ जिनरोङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सिन्धुपाल्चोक, पोखरा र काठमाडाँैंमा सुरु भएको योजना सञ्चालनका लागि ४४ करोड बराबरको सञ्चार उपकरण उपलब्ध भएको छ । जसमा उपत्यकाको लागि २० करोड बराबरको उपकरण प्राप्त भएको थियो । यसको स्थापना समेत चाइनिज प्राविधिकहरुबाटै भएको छ । चार महिनाअघि पोखराबाट यो योजना प्रयोगमा ल्याइएको थियो ।

अहिलेे प्रयोग रहेको मोबाइलजस्तै एक स्थानबाट अर्को स्थानमा जाँदा आफैं टावर टिप्ने तथा रेडियोबाट उपलब्ध हुने च्यानलमध्ये जुन उपलब्ध त्यही सक्रिय भई यसबाट सन्देश आदानप्रदान गर्न सकिन्छ । साथै रेडियो कलमा व्यक्ति-व्यक्ति र समूहमा कल पनि गर्न सकिन्छ ।

यो प्रविधिमा रहेको सेटहरुमा बन्द खुल्ला गरेको, कल गर्न खोजेको, कल गरेको विवरण रेकर्ड हुन्छ । यसमा रेडियो प्रयोगकर्ताले कहाँबाट सम्पर्क गरिरहेको छ भन्ने नक्सामा हेर्न सकिने र कार्यक्षेत्रमा खटिएको कर्मचारी कहाँ छ भन्ने प्रष्ट जानकारी लिन सकिन्छ । यसमा सहर सुरक्षा गर्न र ट्राफिक जाम अनुगमन गर्न सिसिटिभी क्यामेरालाई समेत एकीकृत ढङगले राखिएको हुन्छ भने कार्यक्षेत्रमा खटेका प्रहरीले सेटबाटै फोन सम्पर्क गर्न सक्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment