Comments Add Comment

नेपालले भारतको सुरक्षामा चासो नदिएको गुनासो

१८ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको झण्डै १५ वर्ष भएको छ । सन् १९९८ मा आइके गुजरालले नेपाल भ्रमण गर्नुभएको थियो । आठौं साफमा अटल विहारी बाजपेई काठमाडौं आए पनि त्यो औपचारिक भ्रमण थिएन ।

नेपालमा भने नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि भारत जाने परम्परा जस्तै बसेको छ । अपवादका रुपमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा भने भारतले उहाँलाई निम्तो नै दिएन ।

भारतीय प्रधानमन्त्री नेपाल नआउनुलाई नेपालको अफलता भन्नेहरु धरै छन् । तर, भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले भने यसलाई भारतीय राजनीति र कूटनीतिको असफलता भनेका छन् । भारतीय प्रधानमन्त्री किन नेपाल भ्रमणमा नगएको भन्नै बीबीसी नेपाली सेवाको प्रश्नमा नेपाल मामिलाका जानकार मानिने मेहताले भनेका छन्- ‘त्यो कुरा ठीक छ, यसको मसँग कुनै जवाफ छैन । इन्दलकुमार गुजरालपछि कुनै पनि प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका छैनन् । कूटनीति र राजनीतिको फेलियर हो ।’

नेपालमा भारतको कर्मचारीतन्त्र हाबी

मेहताले नेपालमा भारतीय राजनीति भन्दा कर्मचारीतन्त्र बढी सक्रिय भएको स्वीकार गरे । उनले नेपालमा भारतीय गुप्तचर एजेन्सीको केही भूमिका रहे पनि धेरै चर्चा गरिएको बताए । ‘उस (रअ) को रोल छ म मान्छु तर, धेरै एक्जाजरेट गरेको छ’ उनले भनेका छन्-‘भारतका लागि नेपाल नम्बर १ नेभरहुड (छिमेकी) हो ।’

नेपालले भारतको सुरक्षामा चासो नदिएको गुनासो

पूर्वमेजर जनरल मेहताले नेपालले पनि भारतको सुरक्षा चासोलाई सम्बोधन नगरेको गुनासो गरे । पछिल्लो २ हप्तामा दुई ठूला पाकिस्तानी एजेण्ट नेपाल बोर्डरबाट पक्राऊ गरिएको प्रशंग कोट्याउँदै उनले भने -‘त्रिभुवन विमानस्थलको व्यवस्थापन जिम्मा भारतलाई दिन प्रस्ताव राखेको थियो । तर, नेपालमा यसमा पनि राजनीति भएको छ । भारतको सुरक्षा चासो सन् १९५०, १९९० र २०१३ मा कुनै परिर्वतन आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment