+
+
Shares

साफ फाइनलमा बैद्यले उपत्यका बन्द नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते १३:३४

१९ भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले साफ च्याम्पियनसिप फुटबलको फाइनलनको दिन २६ गते आहृवान गरेको उपत्यका बन्द एक दिन पछि सारेको छ ।

माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय मोर्चाको बैठकले २६ गतेको बन्दलाई २७ गते सार्ने निर्णय गरेकोहो । अखिल नेपाल फुटबल संघ एन्फाले २६ गतेको बन्दको कार्यक्रम परिर्वतन गर्न आग्रह गरेको थियो ।

यस्तै असोज १ गते विश्वकर्मा दिवस परेकाले मध्यपहाडमा गर्ने भनिएको बन्द भदौ ३० गने नै गर्ने निर्णय भएको माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै असोज २ गतेको विरोधसभा जनकपुरको सट्टा सिरहाको लहानमा हुने निर्णय भएको छ ।

सेना परिचालन गरे द्वन्द्व

माओवादी नेतृत्वको ३३ दलले निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन नगर्न सचेत गराएको छ । ‘राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक राजनैतिक मामिलामा प्रयोग गर्नुले मुलुकलाई जबरजस्त रुपले द्वन्द्वमा धकेल्नेछ’ विज्ञप्तिमा भनिएको छ-‘ यसप्रकारको जनघाती कदम नचालियोस भनी चार दलका नेताहरु र नेपाल सरकारलाई बेलैमा सचेत गराउने निश्चित गरिएको छ ।’

दुई जना भारतीयहरुलाई गिरफ्तार गर्ने नाममा नेपालको सार्वभौमिकता विरुद्ध भारतीयसुरक्षाकर्मीहरुले नेपाली भूमिमा प्रवेश गरेको भन्दै ३३ दलले आपत्ति जनाएका छन् । साथै घटनाबारे सरकारको मौनता झन रहस्यमय हरेको भन्दै ३३ दलले यथार्थता सार्वजनिक गर्न र त्यसप्रकारका हस्तक्षेप विरुद्धमा कडा कदम चाल्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?