Comments Add Comment

अधिकारी दम्पत्तिको अनसन निर्वाचन भाड्ने षडयन्त्र : सापकोटा

१९ भदौ, काठमाण्डौ । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले मंसिर ४ गतेको लागि घोषित संविधानसभाको निर्वाचन भाड्ने ग्राईण्ड डिजाईनरहरुले विगत ४४ दिनदेखि आमरण अनसनमा बसिरहेका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई उकासिएको दावी गर्नु भएको छ । Agni-Spkotaरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाँले परिवर्तनको विरोधमा रहेकाहरुले विगतदेखिनै आन्दोलनबाट प्राप्त उपलब्धि तुहाउन प्रयास गर्दै आए पनि नसकेपछि अहिले चुनावको मुखमा आएर अधिकारी दम्पत्तिलाई उकासेर आरोप लगाउनुभयो ।

सापकोटाले भन्नुभयो,’निष्कर्षमा पुगिसकेको शान्ति प्रक्रियालाई ब्यूताउन र निर्वाचनलाई भाड्न हतियारको रुपमा अधिकारी दम्पत्तिलाई प्रयोग गरिएको छ । यदि द्धन्दकालको घटनालाई लिएर सबैलाई यसरी नै कारवाही गर्दै जाने हो भने त्यति बेलाका प्रधानमन्त्री शेरबहादुर देउवा, टाउकोको मुल्य तोक्ने तत्कालिन गृह राज्यमन्त्री देबेन्द्रराज कँडेल पनि जेल जान तयार हुनु पर्छ । ‘

साक्षात्कारमा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले अधिकारी दम्पतीको जीवन रक्षा गर्नु राज्यको कर्तब्य भएको भन्दै सत्य निरुपण आयोग नबन्दासम्म दोषिमाथिको कारवाही प्रक्रिया अघि बढाउनु पर्ने बताउनुभयो । उहाँले अधिकारी दम्पत्तिको अनसनले अन्तर्राष्ट्रिय जगतमै नेपालका राजनीतिक दलहरुको छविलाई कमजोर बनाएको भन्दै पछि सत्य निरुपण आयोगले हेर्ने गरी अहिले कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो,’अधिकारी दम्पत्तिको छोराको हत्यारालाई राज्यले तत्काल पक्राउ गरेर कारवाही अघि बढाउनु पर्छ । ‘

नेकपा संयूक्तका अध्यक्ष चन्द्रदेब जोसीले अनसनमा बस्ने ब्यक्तिको संविधान प्रदत्त अधिकार भएकोले त्यसलाई जवरजस्ती तोडाउन नपाईने बताउनुभयो । निर्वाचन नभई मुलुकको सार्वभौमिकता जोगाउन नसकिने भएपनि निर्वाचनलाई द्धन्दको जग बनाउन नहुने उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment