Comments Add Comment

नेपाली सेनाले कल्याणकारी बोर्ड गठन गर्ने

१९ भदौ, काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको सञ्चालनका लागि नेपाली सेना कल्याणकारी बोर्ड स्थापना गर्ने भएको छ । बुधबार जंगी अड्डामा आयोजित सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले कोष सञ्चालनका लागि बोर्ड गठन गर्ने निर्णयमा सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

सैनिक ऐन २०६३ र सैनिक कल्याणकारी कोष व्यवस्था नियमावली २०६५ अनुसार गठन हुने यस्तो बोर्ड कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको मातहतमा रहने छ । बोर्डमा वहालवाला, अवकाशप्राप्त सैनिकहरु तथा गैह्रसैनिक विशेषज्ञहरुलाई समेत समावेश गरिने छ । बोर्ड सञ्चालनसम्बन्धी विस्तृत कार्यविधि तयार पाार्न बाँकी छ । यस्तो कार्यविधि आगामी बैठकले तयार गर्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकल दर्जा एवं आश्रति परिवारलाई शिक्षा, औषधोपचार, विमा, परिवार आवास तथा सेवामूलक कार्यहरुको सञ्चालन कोषमार्फत गरिँदै आएको छ । तर, सेनाको पारिश्रमिकबाट संकलन गरिएको कोषको सञ्चालन पारदर्शी नहुने गरेको भन्दै नेपाली सेनाले आलोचना खेप्दै आएको छ ।

नेपाली सेनाको वर्तमान संख्या र अवकाश प्राप्त सैनिक र तिनका आश्रति परिवारजनहरुको संख्यात्मक बृद्धिअनुसार कल्याणकारी कार्यको क्षेत्र र श्रोतको परिचालनमा बृद्धि हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

राजदूत र सैन्य सहचारीसँग प्रधानसेनापतिको भेट

यसैवीच बुधबार प्रधानसेनापति गौरवसमशेर राणाले नेपालका लागि क्यानडाका गैरआवासीय राजदुत स्टेवार्ड बेक सँग जंगीअड्डामा भेटवार्ता गर्नुभएको छ । त्यसैगरी बुधबारै नेपालका लागि नवनियुक्त पाकिस्तानी सैनिक सहचारी कर्णेल सयिद अब्बास अलिले जंगी अड्डामा प्रधानसेनापति राणासँग शिष्टाचार भेटघाट गर्नुभएको छ । सो भेटमा पूर्वपाकिस्तानी सैनिक सहचारी कर्णेल मुमताज हसैनले पनि बिदाइ भेट गर्नुभएको जंगी अड्डाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment