+
+
Shares

रकेट हो की कार ?

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते १३:३३

एक बेलायती टोली यस्तो कार बनाउन जुटेको छ जुन प्रतिघण्टा १६१० किलोमिटरको गतिमा कुद्नेछ । रकेट तथा युरोफाइटर जेट इन्जिन प्रयोग गरिने उक्त कार जमिनमा कुद्ने अहिलेसम्मकै सबैभन्दा तिब्र गतिको सवारी साधन हुनेछ । सन् २०१५-१६ सम्ममा यो कार दक्षिण अफि्रकाको नर्थन केपस्थित हेक्सकीन मार्गमा दौडिनेछ । उक्त कारको नाम ब्लडहाउन्ड एसएससी रहेको छ ।

1

उक्त कारमा इजे २०० जेट इन्जिन प्रयोग हुनेछ जसको माध्यमबाट कार ३ सय माइल प्रतिघण्टाको दरले कुद्न समर्थ हुनेछ । जेट तथा रकेटको दुवै प्रविधि प्रयोग गरिएको यो कार अद्धितिय हुने दाबी निर्माणकर्ता तथा विश्वमा सबैभन्दा तिब्र गतिमा कार कुँदाउने किर्तिमानी व्यक्ति एन्डी गि्रन बताउँछन् । बेलायती विज्ञान मन्त्रीले समेत रकेटरुपी यो कारको निर्माण अभियानलाई निकै सघाइरहेका छन् । यो कार निर्माण अभियानलाई उनले १० लाख पाउण्ड सरकारी सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?