Comments Add Comment

सामसुङले ल्यायो ग्यालेक्सी स्मार्टवाच र ग्यालेक्सी नोट थ्री

महिनौँसम्मको बढ्दो तनाव, चुलिँदो अड्कलबाजीका बीच दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले अन्ततः आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । ग्यालेक्सी गिएर नामक उक्त स्मार्टवाचसँगै सामसुङले पातलो, हलुका तथा तिब्र गतिको ग्यालेक्सी नोट थ्री फ्याब्लेट समेत सार्वजनिक गरेको छ ।

1

जर्मनीको बर्लिनमा आयोजित आइएफए सम्मेलनमा बोल्दै सामसुङका मुख्य कार्यकारी जे के शिनले भने ‘पहिलो पटक हामीले स्पर्शमैत्री ग्यालेक्सी नोट थ्री ल्याएका छौँ । यो अझै पातलो, हलुका हुनुका साथै बढि शक्तिशाली तथा सुन्दर छ ।’

समारोहमा शिनले सामसुङको स्मार्टवाच समेत सार्वजनिक गरे । उनले ग्यालेक्सी नोट समेत ग्यालेक्सी गिएरबाट चल्ने भन्दै स्मार्टवाच प्रयोगकर्ताको रोजाइको चिज बन्ने दाबी गरे ।

2

सामसुङको स्मार्टवाचमा टचस्त्रिmन प्रविधि हुनुका साथै एन्ड्रोइड एप्सबाट संचालित हुनेछ । यसले स्मार्टफोनसँग सम्बन्ध स्थापित गर्ने र यो घडीबाटै फोन गर्न सकिनुका साथै इन्टरनेट समेत चलाउन सकिनेछ ।

जब यो घडीमा इमेल प्राप्त हुनेछ, तब त्यो इमेल ग्यालेक्सी नोट थ्री मा खोल्न सकिनेछ । ग्यालेक्सी गियर स्मार्टवाच विभिन्न ६ वटा रंगमा उपलब्ध रहेको र अमेरिकी बजारमा यसको मूल्य २९९ डलर तोकिएको सामसुङले जनाएको छ । आउँदो २५ सेप्टेम्बरबाट यो बजारमा उपलब्ध हुने बताइएको छ ।

यो घडीको १.६ इन्चको स्त्रिmन हुनुका साथै ब्याट्री लाइफ २५ घण्टा रहेको बताइएको छ । अहिले यो स्मार्टफोन ग्यालेक्सी नोट थ्री को सहयात्रीको रुपमा विकशित गरिएको भएपनि यसमा सफ्टवेयरको विकाश गर्दै लगिने र भविष्यमा ग्यालेक्सी एस थ्री र एस फोरसँग पनि चल्ने बनाइने सामसुङले जनाएको छ ।

यो घडीमा ८०० मेगाहर्जको प्रोसेसर, १.९ मेगापिक्सेल क्यामरा, साउण्ड एण्ड सट ७२० पिक्सेल भिडियो रेकर्डिङ, ४ जिबी मेमोरी, ५१२ एम बी र्यामका साथै ७३.८ ग्राम तौल रहेको छ ।

3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment