+
+
Shares

सत्तामा बसिरहने सरकारको ध्येय होइन : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते ८:०९

२१ भदौ, काठमाण्डौ । नेपाल सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले लोकतान्त्रिक मूल्य र पद्धतिमा सरकारभन्दा निर्वाचन अहम् हुने भएकाले सरकार गठनको विषयलाई अहम् नबनाउन र निर्वाचनमा भाग लिन सबै दललाई पुनः आग्रह गर्नुभएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रक्ट ३२५ बी २ द्वारा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता पौडेलले भन्नुभयो “लोकतन्त्रमा सरकार गठनको विषय सहमति र विमति दुवै हुन सक्छन्, त्यसलाई सरकारले उच्च सम्मान गर्छ, तर निर्वाचनलाई विमतिको विषय बनाइनुहुँदैन, लोकतन्त्रको आत्मा भन्नु नै निर्वाचन हो, जननिर्वाचित प्रतिनिधिद्वारा शासनसत्ताको बागडोर सम्हाल्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।”madhav-poudel

“लोकतन्त्रलाई बचाइराख्ने हो भने सरकार गठनको विषयमा अलमलिनुहुँदैन र निर्वाचनमा सबै दलले भाग लिनुपर्छ”-उहाँले भन्नुभयो, “वर्तमान सरकारको एक मात्र ध्येय भन्नु नै निर्वाचन गराउनु हो । सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन सम्पन्न गराउनुबाहेक अन्य सोचेको छैन, सत्तामा बसिरहने सरकारको ध्येय होइन ।” सरकारले शून्यबाट काम सुरु गरी हालसम्म आइपुग्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्न आर्थिक, कानुनी तथा शान्ति सुरक्षाका सबै काम पूरा गर्दै गएको बताउँदै उहाँले अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने शङ्का, आशङ्का गर्ने ठाउँ नै छैन भन्नुभयो । सूचना तथा सञ्चारमन्त्री पौडेलले भन्नुभयो “निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा हुँदै गएका छन्, दलहरुले आफ्ना उम्मेदवारी छनोट गर्दैछन्, निर्वाचन आयोग दिनरात नभनी निर्वाचन गराउन जुटिरहेको छ, निर्वाचनको यस्तो वातावरण तयार हुँदै जाँदा पनि निर्वाचन हुँदैन भनेर कल्पनासम्म गर्न सकिँदैन ।”

शिक्षामन्त्री पौडेलले अझै पनि मुलुकमा निरक्षरता दर ३४ प्रतिशत रहेकाले यस्तो कलङ्क अन्त्य गर्न सरकारले निरक्षता उन्मूलन कार्यक्रम ल्याएको र रु एक अर्ब रकमसमेत विनियोजन गरेको तथा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम लागू गरेको जानकारी दिँदै नहुनेलाई सरकारले नै आर्थिक दायित्व लिई शिक्षा प्रदान गर्ने नीति रहेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?