Comments Add Comment

‘तीज-तारा’मा धाँधलीको आरोप लगाउँदै चेलीबेटीको नाराबाजी

२२ भाद्र, धरान । तीजको दर खाने दिन पारेर शुक्रबार धरानमा आयोजित पूर्वाञ्चलव्यापी ‘तीज-तारा’ कार्यक्रममा निर्णायकले सबैभन्दा कम अंक दिएको समुहलाई आयोजकले प्रथम बनाएको भन्दै सहभागी चेलीहरुले कार्यक्रमस्थलमै नाराबाजी गरेका छन् ।

विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका ११ समूहवीचको प्रतिष्पर्धामा सहभागी समुहहरुले कार्यक्रम बहिस्कार गरेर नाराबाजी गरेका थिए । प्रतियोगितामा तेस्रो घोषित धरानको दिव्य आचार्य लाईन समुहका सहभागीहरु उदघोषकले पटक-पटक पुरस्कार लिंन बोलाउँदा पनि मञ्चमा गएनन् । आयोजकले पैसाको चलखेल गरेको भन्दै यनीहरुले कार्यक्रमस्थलमै नाराबाजी गरे ।

teez-press-meet

तेस्रो भएको समुहकी एलिसा श्रेष्ठले जसले बढी पैसा खर्च गर्‍यो, उसैलाई आयोजकले विजेता घोषणा गरेको भन्दै आफ्नो समुहले पुरस्कार बहिस्कार गरेको बताइन् । कार्यक्रममा बेष्ट डान्सर घोषित झापाकी निशा श्रेष्ठले मञ्चमै गएर तीजतारामा प्रतिभाको होइन, पैसाको मात्र कदर भएकाले आफु वेष्ट डान्सर भए पनि चित्त नबुझेको बताइन् ।

कार्यक्रममा ३ जना निर्णायक राखिए पनि निर्णायकले गरेको निर्णय लागु नहुँदा सहभागीहरु आक्रोशित भएका हुन् । आयोजक मकालु टेलिभिजनले भने एसएमएस भोटका आधारमा विजेता घोषणा गरिएकाले यस्तो भएको बताएको छ । तर, प्रतियोगिताकी सहभागी गंगा कार्कीले आफूहरुले कसको कति भोट आयो भनेर हेर्न खोज्दा पनि आयोजकले दिन नमानेको बताइन् ।

मकालु टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा झापाको नन्द-भाउजू समुह प्रथम, सूर्यज्योति समुह दोस्रो र दिव्यआचार्य समुह तेस्रो घोषित भएका थिए । पहिलो र दोस्रो हुनेले पुरस्कार ग्रहण गरे पनि तेस्रो हुने समुह नाराबाजी गर्दै बाहिरियो ।

कार्यक्रममा निणर्ायक नगेन्द्र राई एसएमएस भोटका कारण आफुहरुले गरेको निर्णय अनुसार विजेता घोषित नभएको बताउँछन् । मकालु टीभीले केही महिनाअघि गरिमा डान्स सेन्टरसँग मिलेर आयोजना गरेको स्वरमणि र नटराजमा पनि आर्थिक चलखेल भएको भन्दै यस्तै विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment