+
+
Shares

नीति तथा कार्यक्रममा राम्रा सुझाव नसमेटिने मेरो शंका सत्य भयो : सोबिता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १८:०१

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • सांसद सोबिता गौतमले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राम्रा सुझावहरू समेटिएको छैन भनी औंल्याइन्।
  • उनीले आफ्नो संशोधन फिर्ता नलिने बताउँदै, सरकारले राम्रा सुझावहरूलाई ध्यान नदिएकोमा आपत्ति जनाइन्।
  • गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो शंकालाई सही सावित गरेकोमा धन्यवाद व्यक्त गरेकी छन्।

२८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका राम्रा सुझावलाई पनि सम्बोधन नभएको बताएकी छिन् ।

आइतबार नीति तथा कार्यक्रममा राखेको आफ्नो संशोधन फिर्ता नलिने जानकारी गराउने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘मैले नीति तथा कार्यक्रमको छलफलमै भनेको थिएँ, यदी कसैको संशोधन र छलफलमा आएका राम्रा कुरा पनि सरकारले समेट्छ भने मेरो शंकालाई गलत सावित गरिदिन लागि अनुरोध गर्छु,’ सांसद गौतमले भनिन्, ‘तर, कसैको पनि राम्रा सुझावलाई समेट्नुभएन, प्रधानमन्त्रीज्यूले । कसैको पनि राम्रा सुझाव समेट्नुभएन । कसैको पनि संशोधन स्वीकार गर्नुभएन ।’

आफ्नो उक्त शंकालाई सही सावित गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?