विनोद घिमिरे
लिस्वन । एनआरएन पोर्चुगलले आयोजना गरेको तीज बिशेष कार्यक्रम आइतवार लिस्वनमा भब्य रुपमा सम्पन्न भएको छ। लिस्वनमा बसोबास गर्ने नेपाली दिदीबहिनीहरुले स्तेफानियाको हलमा धित मरुन्जेल नाचेर यो बर्षको तीजलाई बिदा गरेका छन्। रंगीचंगी सारी र गहनाले सजिएका सयौँ महिलाहरुले धुमधामसँग नाचगान गरी आफनो जन्मभूमि र माइतिको सम्झनालाई मत्थर पारेका छन्।
बिहान १२ बजेदेखि विधिपूर्वक शिवजीको पुजा आराधाना गरी शुरु भएको कार्यक्रम राति नौ बजे सम्म जारी रहयो। तिजको दिन भएकोले बर्त बसेका दिदीबहिनीले दही र फलफुल खादै तीजका गीतहरुमा नृत्य गरेर आपसमा शुभ-कामना साटे। नेपाली पहिरन लगाएका पोर्तुगिज महिलाहरु पनि नाचगानको रमाइलोमा सहभागी थिए।
एनआरएन पोर्चुगलका अध्यक्ष रमेश कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य कृतिकला पोखरेलले स्वागत मन्तब्य राखेकी थिइन् भने तीजको महिमाको बारेमा बिष्णु लुइँटेल सुवेदी र एनआरएन अन्तराष्ट्रिय महिला प्रतिनिधि मानु मल्लले प्रकाश पारेका थिए। त्यसैगरि साहित्य सर्जक सिता बरालले एक मर्मस्पर्शी गित गाएर बालबच्चा र परिवार बिछोडको पीडालाई उजागर गरेकी थिइन्। कार्यक्रमको सन्चालन कोषाध्यक्ष पुरुषोत्तम सुवेदी र म्युजिक ब्यबस्थापन सुर्जे भट्टचनले गरेका थिए।
कार्यक्रमको अर्को रोमाञ्चक पाटो चिट्ठा उपहार रहेको थियो। सोहि चिट्ठाको नतिजा अनुसार क्रमश: सिता बरालले युरो १०० प्रथम, दीक्षाले युरो ७० दित्तीय, अनिशा ज्ञवालीले युरो ५० त्रितिय पुरस्कार हात पारेका छन् । भने सान्त्वना पुरस्कार युरो १० (दुई जनालाई) माधबराज गिरी र शान्तिले प्राप्त गरेका छन्। त्यसैगरी ५० जना ले मिठाई उपहार प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4